माघ १९
चिकित्सकहरुले जटिल अवस्थाका बिरामीको उपचार गर्न नचाहने एक अध्ययनले जनाएको छ । चिकित्सकहरु र शल्यचिकित्सकमाझ गरिएको सो सर्वेक्षणमा ८६ प्रतिशत वेलायती चिकित्सकले रक्षात्मक शैली अपनाएको जवाफ दिएका छन् ।
रक्षात्मक औषधि अन्तर्गत चिकित्सकहरुले बिरामीहरुको रुची भन्दा पनि सम्भावित अदालती मुद्दामा नफस्ने एउटा परीक्षण वा उपचारलाई सुझाव दिन्छन् ।
अध्ययनमा सहभागी झन्डै आधा चिकित्सक (४८प्रतिशत) ले मुद्दाको सम्भावनाको अर्थ उनीहरुले उच्च खतरामा रहेका बिरामीको उपचार गर्नबाट छुट्कारा चाहन्छन् । गोप्य राख्न खोज्दा यसले अझै बढी गल्तीतर्फ लैजाने ७० प्रतिशतले बताए ।
सन् २०१२ मा फ्रान्सेस क्यापुसिनीको मृत्युमा एनेस्थेटिक इरिक कोर्निस (६८) बिरुद्ध एउटा मुद्दा दायर भएपछि त्यसको परिणाम बेलायती पत्रिका गार्जियनसँग सेयर गरिएको थियो ।
केन्टको टर्नब्रिज वेल्स अस्पतामा एउटा आपतकालिन सिजेरियनपछि ३० वर्षीय क्यापुसिनी कहिल्यै पनि उपचार कक्षबाट व्युतिएनन् । तर ,त्यस विषयमा जबाफ दिने कुनै केस नभएको न्यायधिशले फैसला गरेका छन् ।
सो मुद्दा स्वास्थ्य सेवामा अपराधिकरणको प्रवृत्ति भएको चिकित्सकहरुले बताए । एक वर्षमा भएको कूल मेडिकल हत्यामा ९ जना स्वास्थ्य सेवासम्बन्धी कार्यकर्तामाथि मुद्दा लगाई दोषी ठहर गरिएको थियो ।
लन्डनस्थित प्रोस्ट्रेट केन्द्रका निर्देशक रोगर किरबाईले भने, ‘निश्चय नै टर्नब्रिज वेल्समा सोही महिलाजस्तै कोही मर्छ भने निश्चय नै यो वियोगात्मक घटना हो तर सो घटनामा हत्याको अभियोग लगाउनु सारासर गलत हो । बिरामीलाई हानी गर्न कोही पनि चिकित्सक अस्पताल जाँदैन ।’
प्रोस्ट्रेट क्यान्सर र प्रसुतीजन्य क्षेत्रमा उपचारका क्रममा बिरामीको मृत्यु भएमा हत्या अर्थ लाग्ने खतरा भएको समेत उनले बताए ।
बेलायतकै अर्का एक विरामी जेम्स ह्युज (६६) को मृत्युपछि कोलोरेक्टल चिकित्सक डेभिड सेलुमाथि साढे दुई वर्ष जेल सजाय तोकिएको थियो । अझै पनि जारी रहेको सो सर्वेक्षणमा जीपीएस, जनरल सर्जन र विज्ञहरु रहेका छन् ।
सर्बेक्षणमा सहभागी ९ जनाले चिकित्सकमाथि अपराधिक अभियोगले चिकित्सा क्षेत्रमा उच्च खतरा निम्तिने बताए । ‘मैले किन खतरा लिने ? अरु धेरै जागिर छन् जुन कार्य गर्दा जेलमा कोचिनु त पर्दैन नि,’ एक जवाफकर्ताले भनेका छन् ।
–एजेन्सी