साझाले विक्री गर्यो म्याद गुज्रेको औषधि



नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको परिसरमा रहेको साझा स्वास्थ्य सेवा औषधि विक्री कक्षले म्याद गुज्रेको औषधि विक्री गर्ने गरेको पाइएको छ । आइतबार औषधि व्यवस्था विभाग नेपालगञ्जको अगुवाईमा जिल्ला प्रशासन कार्यालय बाँके, वाणिज्य विभाग नेपालगञ्ज, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरको संयुक्त अनुगमन टोलीले २ वटा म्याद गुज्रेको औषधि फेला पारेपछि यो रहस्य खुलेको हो ।
माघ १५ गते एक उपभोक्तालाई साझाले म्याद गुज्रेको औषधि विक्री गरेको
थियो । सो उपभोक्ताले औषधि व्यवस्था विभागमा उजुरी गरेपछि अनुगमन टोलीले मेडिकलको आइतबार निरीक्षण गर्दा थप २ वटा औषधिहरु पनि म्याद गुज्रिएको भेटाएको हो । 1
औषधि व्यवस्था विभागनेपालगञ्जका प्रमुख पुष्प रानाक्षेत्रीले सो औषधि विक्री कक्षका इन्चार्जलाई ७ दिनभित्र विभागमा हाजिर हुन निर्देशन दिएको बताएका छन् । उनले बिक्री कक्षलाई औषधि ऐन २०३५ बमोजिम कारबाही हुने जानकारी दिए । म्याद गुज्रन एक महिना बाँकी रहेका औषधिहरु विक्री गर्न नपाइने उनले बताए ।
त्यस्तै वाणिज्य कार्यालयलेसाझालाई म्याद गुज्रेका औषधी विक्री नगरी व्यवस्थित गर्न र तालिम प्राप्त व्यक्तिले मात्र औषधि विक्री वितरण गर्न निर्देशन दिएको छ ।2
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेत, वाणिज्य कार्यालय नेपालगञ्जका शाखा अधिकृत पूर्णभद्र घिमिरे लगायतको उपस्थिति रहेको
थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ १८ गते सोमबार