राम बहादुर रावत
कोहलपुर, माघ १७
बाँकेको कोहलपुर नगरपालिका घोषण भए पछि पहिलो पटक सम्पन्न भएको नेपाली काँगे्रस कोहलपुर नगर कार्यसमितिको सभापतिमा बलराम शर्मा बिजय भएका छन् ।
कोहलपुरका १३ वटै वडाहरुमा शनिबार सम्पन्न भएको निर्वाचनबाट शर्माले ४४५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजेन्द्र कुमार श्रेष्ठले ३१७ मत प्राप्त गरेका छन् । त्यस्तै नगर सचिवमा भुम बहादुर भण्डारीले ३७९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लिल बहादुर रानाले ३५७ मत प्राप्त गरेका छन् । त्यस्तै नगर कोषाध्यक्षमा गोबिन्द पौडेलले ३७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रेशम बहादुर गिरीले २८२ मत प्राप्त गरेका थिए ।
त्यस्तै खुला सदस्यहरुमा गोविन्द प्रसाद आचार्य(३९६), सुशिल सापकोटा (३९२), यज्ञ बहादुर वली (३८२), लोकेन्द्र चन्द (३५५), बासुदेव उपाध्याय (३५५), गंगा कुमारी सापकोटा (३४४), यज्ञ बहादुर महरा(३२८)र भोला नाथ शर्मा (३२४) विजयी भएका छन् ।
त्यस्तै दलित क्षेत्रीय प्रतिनिधि तर्फ लोक बहादुर दमाई (५१७), दुर्गा कुमारी बि.क. (४५५) र परिर्वतन वि.क. (३५९) ल्याएर विजय भएका छन् । त्यस्तै मधेशी÷मुस्लिम÷ अल्पसंख्यक÷पिछडा वर्ग÷अपाङ्ग तर्फ राम गोपाल यादव (४०७), बालक राम यादव (३८४) र नवाव अलि वेडवा (३७५) मत ल्याई विजयी भएका छन् भने आदिवासी जनजाती तर्फ पे्रम बहादुर पुन (३७५), नरेस वान्तवा राई (३६२) र हिरालाल थारु (३३१) मत ल्याई विजयी भएका छन् ।
नेपाली काँगे्रसको कोहलपुर नगरपालिका भित्र क्रियाशिल सदस्यहरु कुल संख्या आठ सय ४० रहेको छ । जस मध्ये शनिबार सम्पन्न भएको नगर समितिको निर्वाचनमा सात सय ७७ मत खसेको छ भने सभापतिमा पाँच, सचिवमा ४१ र कोषाध्यक्षमा ७० मत बदर गरिएको छ ।
कोहलपुर नगर समितिको सभापतिमा निर्वाचित भएका बलराम शर्माले सबैलाई क्षेत्र, वर्ग, समुदाय लगायत आम जनतालाई मिलाएर ल्यौजाने बताएका छन् । ‘अब काँगे्रसका सबै साथिहरु मिलेर जानु पर्छ’ उनले भने ‘यो लोकतन्त्रीक प्रक्रिया हो सफलता असफलता भईहरन्छ ।’ युवाहरु सहितको टोली निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण कार्यकर्ताहरुलाई धन्यावाद समेत दिएका छन् । त्यस्तै सचिवमा निर्वाचित भएका भुम बहादुर भण्डारीले नेपाली काँगे्रसको संठगनलाई व्यवस्थित र चलायमान बनाउन आफ्नो पहिलो प्राथामिकतामा रहेको बताए । ‘अब हुने स्थानिय निर्वाचनमा कोहलपुर नगर भित्र नेपाली काँग्रेसलाई पहिलो बनाउने छौं’ उनले भने ‘त्यसका लागि संगठनलाई बलियो र प्रभावकारी बनाउनमा सहयोग गर्न सबैलाई अप्रिल गर्दछु ।’ निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई प्रमाण–पत्र सहित कार्यकर्ताहरुले सफल कार्यकालको शुभकामना दिएका थिए ।
प्रकाशित मिति : २०७२ माघ १७ गते आइतबार
प्रतिक्रिया दिनुहोस्