कोहलपुर, माघ १६
नेपाली कांग्रेस चिसापानी गाउँ कमिटीको सभापतिमा राजबहादुर शाह निर्वाचित भएका छन् । शुक्रबार भएको गाउँ कमिटीको निर्वाचनबाट शाहको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
त्यस्तै सचिवमा शुरविक्रम शाह, कोषाध्यक्षमा जनपुरा कामी, सदस्यहरुमा नैनबहादुर शाही, अजबहादुर बुढा, टेकबहादुर बुढा, प्रेमबहादुर बुढा, सेते थापा, चम्पाकली रावल, ओमकार शाह र हस्ते सुनार रहेका
छन् ।
यसैगरी क्षेत्रिय प्रतिनिधिहरुमा खुलातर्फ प्रकाशबहादुर शाही, कपिलजंग शाह, रामसिंह रोकाय, शरदकुमार रेग्मी रहेका छन् । त्यस्तै महिलातर्फ दुर्गादेवी ढकाल र शशिकला रखाल, मधेशी मुस्लिमतर्फ आलामारा, दलिततर्फ मानबहादुर मिजार र जनजातीतर्फ कृष्ण चौधरी रहेका छन् ।
प्रकाशित मिति : २०७२ माघ १६ गते शनिबार
प्रतिक्रिया दिनुहोस्