फाउण्डेशनले भलिबल कप गर्दै



कोहलपुर, माघ १६
मदन भण्डारी फाउण्डेशन बाँकेले जिल्ला स्तरीय मदन भण्डारी भलिबल कप कोहलपुरमा आयोजना गर्ने भएको छ । शुक्रबार फाउण्डेशनको क्षेत्रिय कमिटीको पूर्ण बैठकले कोहलपुरमा फागुन २ गतेदेखि ४ गते सम्म तेह्र विगाहा खेल मैदानमा भलिबल कप गर्ने निर्णय गरेको हो ।
जसमा जिल्लाका मावि, उच्च मावि, क्याम्पस, गाविस, क्लब, विभिन्न संघसंस्थाका पुरुष खेलाडीहरुले सहभागी जनाउन सक्नेछन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार नगद पुरस्कार दिइने फाउण्डेशनले जनाएको छ ।
प्रतियोगितालाई भव्य र सभ्य बनाउन उपसमितिहरु समेत गठन गरिएको छ । जसमा व्यवस्थापन उपसमिति, आर्थिक, मञ्च व्यवस्थापन, जनपरिचालन, पत्रचार, स्वयम्सेवक र अतिथि सत्कार उपसमिति रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ १६ गते शनिबार