इजिप्टको होटलमा आक्रमण, दुई पर्यटक घाइते



, पुस २६ । इजिप्टको एक होटेलमा बिदेशी पर्यटकलाई लक्षित गरी गरिएको आक्रमणमा दुई पर्यटक घाइते भएका छन् ।

समुद्री मार्ग हुँदै होटेल प्रवेश गरेका अज्ञात बन्दुकधारीले इजिप्टस्थित सिटी हुरगाडामा प्रवेश गरी बिदेशी पर्यटकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट घाइतेभएका पर्यटकका एकजना डेनमार्क र अर्को जर्मनीका रहेको बुझिएको छ । आक्रमण गर्ने एक बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएका छन् । घटना लगत्तै इजिप्टभर सुरक्षाब्यबस्था कडा तुल्याई अनुसन्धान थालिएको छ । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २६ गते आइतबार