पत्रकार खनालमाथि आक्रमण



 , पुस २३ गते । नेपालगन्जस्थित एभिन्यूज टेलिभिजनका क्षेत्रीय प्रमुख कृष्ण खनालमाथि गएराति यहाँ अज्ञात समूहले आक्रमण गरेको छ ।कार्यालयको काम सकेर घर जाने क्रममा स्थानीय त्रिवेणी चोकमा पुगेका पत्रकार खनालमाथि त्यहाँको एक घरको छतबाट बोतल प्रहार गरिएको थियो ।

आक्रमणमा परी गम्भीर घाइते भएका खनालको ढाडको बायाँपट्टि दुईवटा टाँका लगाइएको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरी छानबिन सुरु गरेको छ । नेपाल पत्रकार महासङ्घ, बाँकेका अध्यक्ष रुद्र सुवेदीले घटनाको भत्र्सना गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग गर्नुभएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २३ गते बिहीबार