19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

समाचार

लागू औषधसहित चार पक्राउ

लागू औषधसहित चार पक्राउ

    प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८       |
सुर्खेत । कोरोना रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको समयमा सीमावर्ती बजार रुपैडिहाबाट नेपालगञ्ज हुँदै सुर्खेत लागू औषध पुग्ने गरेको खुलेको छ । बिहीबार प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेपछि यस्तो खुलेको हो । सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १ सय ४० मिलीग्राम लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको थियो ।
दाङमा अज्ञात समुहले लमहीको विभिन्न स्थानमा पार्किङ्ग गरि राखेका सवारीसाधन ताेडफाेड

दाङमा अज्ञात समुहले लमहीको विभिन्न स्थानमा पार्किङ्ग गरि राखेका सवारीसाधन ताेडफाेड

    प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८       |
शिवु खनाल, दाङ, २९ जेठ दाङको लमहीमा आधा दर्जन सवारी साधन माथि तोडफोड भएको छ। गएराती अज्ञात समुहले लमहीको बिभिन्न स्थानमा पार्किङ्ग गरि राखेका ति सवारी साधन माथि इट्टा र ढुंगा प्रहार गरि तोडफोड भएको छ। लमही स्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणी खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिप माथि अज्ञात समुहले तोडफोड गरि पूर्णरुपमा
भित्रियो नेपालमा मनसुन

भित्रियो नेपालमा मनसुन

    प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८       |
कोहलपुर । पूर्वी क्षेत्र हुँदै यो वर्षको मनसुन शुक्रबारदेखि नेपाल प्रवेश गरेको छ । जल तथा मौसम पूर्वनुमान महाशाखाका अनुसार बंगलाको खाडी आसपासमा विकसित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबार मध्याहन्नपछि मनसुन नेपाल प्रवेश गरेको हो । प्रदेश १, प्रदेश २ र बागमती प्रदेश आसपासमा मनसुन आएको मौसमविद राजु प्रधानाङ्गले बताए । एक दुई दिनभित्र मनसुन देशभर फैलिने महाशाखाले जनाएको छ । आउँदो हप्ता मनसु
‘राउटे समुदायको सुरक्षा आवश्यक छ’

‘राउटे समुदायको सुरक्षा आवश्यक छ’

    प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८       |
आज पनि जंगली युगको जिउँदो वर्तमान हो, राउटे समुदाय । उसको आफ्नै साम्राज्य छ, जंगलमा । फिरन्ते जीवन बाँचिरहेको यो समुदाय प्रकृतिप्रेमी समेत हो । यो समुदाय आफूलाई जंगलको राजा मान्दछ ।जंगल नै उनीहरुको जीवन र मृत्युको सच्चा सारथी हो । राउटेहरुको आफ्नो बेग्लै संस्कृति परम्परा छ । नेपालमा लोपउन्मुख अवस्थामा रहेको यो समुदाय कर्णाली प्रदेशमा मात्रै बसोबास गर्दछ । अहिले राउटेहरुको जनसंख्या १ सय ३८ जना मात्
देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त, ३ हजार ७ सय ५० सङ्क्रमित थपिए

देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त, ३ हजार ७ सय ५० सङ्क्रमित थपिए

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८       |
काठमाण्डाै - गएको २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको सङ्ख्या अहिलेसम्म ५ लाख २० हजार ८ सय १६ पुगेको छ । नेपालमा अहिले सङ्क्रमित निको हुनेदर ८६ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दु
धनुषामा एउटै पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गयो

धनुषामा एउटै पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गयो

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८       |
धनुषा – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ मा एउटै पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गएको छ । दिउँसो साढे १२ बजे पौडी खेल्न गएका १० देखि १३ वर्ष उमेर समूहका उनीहरुमध्ये पाँच जनाको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले उज्यालोलाई जानकारी दिनुभयो । पौडी खेल्न आठ जना बालिकाहरु गएका थिए । उहाँकाअनुसार स्थानीय पल्टु यादवकी १२ वर्षकी छोरी लक्ष्मीनिया याद
बर्दियामा भारतबाट आएका जंगली हात्तीको लर्को (तस्बिरहरू)

बर्दियामा भारतबाट आएका जंगली हात्तीको लर्को (तस्बिरहरू)

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८       |
केही दिनयता चीनमा वासस्थान छोडेर यात्रामा निस्किएका जंगल हात्तीको संसारभरि चर्चा छ। १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्। चिनियाँ हात्तीको चर्चा भइरहेका बेला नेपालको बर्दियामा पनि हात्तीको त्यस्तै लर्को देखिएको छ। बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वनमा झन्डै ४० हात्ती हिँडिरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा आएका छन्। ती हात्ती हुल
बादशाहसँग ज्याकलीन भइन् ‘पानी पानी’

बादशाहसँग ज्याकलीन भइन् ‘पानी पानी’

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८       |
अभिनेत्री ज्याकलीन फर्नाडिस पछिल्लो समय गीत ‘पानी पानी’का कारण चर्चामा छिन् । गीतको भिडियोमा ज्याकलीनले र्यापर बादशाहको साथ रोमान्स गरेकी छन् । भिडियो सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जालमा भाइरल भएको छ । गीतको शब्द तथा स्वर बादशाह र आस्था गिलको रहेको छ । पियुष भगत र शाजिया सामजीको कोरियोग्राफी रहेको भिडियोमा ज्याकलीन बंजार लुक्समा देखिएकी छन् । भिडियोमा बादशाह र ज्याकलीनको केमिस्ट्री सुहा
जेठ मसान्त आउनै लाग्यो, समयमा कर नबुझाए जरिवाना हुन्छ ?

जेठ मसान्त आउनै लाग्यो, समयमा कर नबुझाए जरिवाना हुन्छ ?

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८       |
काठमाडौं । जेठ मसान्त आउन लागेको छ। महिनाको अन्तिममा उद्योगी व्यवसायीहरुले कर चुक्ता गर्नुपर्ने हुन्छ। मासिक रुपमा बुझाउनुपर्ने मासिक दस्तुर, भ्याट तथा अन्तःशुल्कको विवरण समेत बुझाउनुपर्ने बाध्यता व्यवसायीहरुलाई छ। कर कार्यालयहरुले एक दिन पनि ढिला गरेको खण्डमा जरिवाना लिने गर्छन्। जरिवानाको दैनिक दर नै कायम गरिएको छ। तर यो विषम परिस्थिति हो। वैशाखदेखि सुरु भएको निषेधाज्ञा अहिलेसम्म खुल
म्यानमारको सैन्य प्रशासनले सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर

म्यानमारको सैन्य प्रशासनले सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८       |
याङगुन । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सुचीको दल नेशनल लिग फर डेमोक्रेसीले सूचीलाई फसाउन लगाइएको भुट्टा आरोप भनेको छ । सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको छ । यस आरोपमा सूची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ । यस ब
स्वास्थ्य र मनसँग जोडिएको यौनका कुरा

स्वास्थ्य र मनसँग जोडिएको यौनका कुरा

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८       |
यौनसम्पर्क एउटा मानसिक गतिविधि हो जुन सम्पूर्ण शरीरको सहभागिताको साथ गरिन्छ । यसलाई यसकारण मानसिक समस्या भन्ने गरिन्छ कि यौनसम्पर्क यसले मान्छेलाई एकत्रित गर्नेदेखि शरीरको लागि समेत राम्रो व्यायामको काम गर्ने गर्छ । तर हाम्रो मानसिक स्वास्थ्यको लागि यसले कति धेरै लाभ प्राप्त गराउँछ त ? यौन सम्पर्कले हाम्रो मस्तिष्क र मांसपेशीलाई पनि शान्त गर्न मद्धत गर्छ । धेरै चिकित्सकहरु आफ्नो स्वास्थ्य पत
कुलो निर्माणको क्रममा विवाद हुँदा दाङमा गोली चल्याे

कुलो निर्माणको क्रममा विवाद हुँदा दाङमा गोली चल्याे

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८       |
दाङ - कुलो निर्माणको क्रममा विवाद हुँदा दाङको तुलसीपुरमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका-८ मा रहेको गतेखोला–बुटनियामा कुलो निर्माणको क्रममा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कुलो निर्माणको क्रममा जग्गाकाे विषयमा विवाद हुँदा एक स्थानीयले भारतीय पेस्तोलबाट गोली चलाएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गोली चलाउनेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको