मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १९, २०७९
बाँके ।
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको राप्ती सोनारी– ८ शम्सेरगञ्जको जंगलमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
आइतबार साँझ पूर्वदेखी पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०२७ च २५२२ नम्बरको कार आफै अनियन्त्रित दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर कारमा सवार डडेलधुराको अमरगडी नगरपालिका– ७ की १५ वर्षीया प्रसंसा ऐरको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।
कार चालक काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका– २ बस्ने ३४ वर्षीय कमल केसी र डडेलधुरा अमरागडी नगरपालिका– ७ का ३९ वर्षीय डम्मर ऐर घाईते भएका छन् । यसबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।