कोहलपुरमा माओवादी र एसको गठबन्धनद्धारा संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक(पुर्णपाठ)



बाँके ।

कोहलपुरमा गठबन्धन बनाएर स्थानीय तह चुनावमा होमिएका नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी (एस)ले संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । दुवै दलले गठबन्धनको तर्फबाट ७७ बुँदे संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

गठबन्धनको तर्फबाट कोहलपुरको प्रमुखमा माओवादीबाट नरेन्द्र न्यौपाने र उपप्रमुखमा एसको तर्फबाट नारायणी ओली चुनावी मैदानमा छन् । उनीहरुले प्रतिबद्धतापत्रमा आफूहरुले जिते विद्युत्देखि खानेपानीसम्म निःशुल्क दिने महŒवाकांक्षी योजना अगाडि सारेका छन् ।

प्रतिबद्धतापत्रको पहिलो बुँदा तत्काल प्रत्येक परिवारलाई ५० युनिटसम्म विद्युत् र १० युनिटसम्म खानेपानी निःशुल्क दिइने उल्लेख गरिएको छ । आफूहरुले चुनाव जितेमा नगरवासीका लागि जिल्लाभित्र एम्बुलेन्स सेवा निःशुल्क, सबै स्कुलबाट टिनको छानो र घरबाट खरको छानो हटाउने योजना अगाडि सारेका छन् । गुणस्तरीय शिक्षा, सामुदायिक भोजनालयदेखि स्मार्ट नगरपालिकासम्म बनाउने महŒवाकांक्षी योजना गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

चुनाव जितेपछि अहिले गरेका प्रतिबद्धता पूरा गर्न नसके अर्कोपटक भोट माग्न जनताको घरदैलोमा नआउने मेयर पदका उम्मेदवार न्यौपाने बताउँछन् ।

निष्पक्ष, प्रतिस्पर्धी, जनमुखी एवम् पारदर्शी प्रशासनिक सेवा र घुसखोरी, कालाबजारी, भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरी जनमैत्री स्थानीय शासन कायम गर्ने उल्लेख छ । प्रतिबद्धतापत्रमा कोहलपुरभित्र १० हजार नयाँ रोजगारी सिजना गरेर बैदेशिक रोजगारीलाई कम गर्दै लैजाने नीति लिइने जनाइएको छ ।

घोषणा पत्र २०७९ स्थानीय तह कोहलपुर

 

प्रकाशित मिति : २०७९ वैशाख १८ गते आइतबार