बाँके ।
नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका १९ ले आसन्न स्थानीय तह चुनावलाई लक्षित गरेर घरदैलो तिव्र पारेको छ । वैशाख ३० गते हुन गइरहेको चुनाव नजिकिदैं जाँदा माओवादीले वडामा घरदैलोलाई तिव्रता दिएको हो ।
वडाका उम्मेदवारसहित घरदैलो भइरहेको छ ।
वडा नम्बर १९ मा अध्यक्ष पदमा शम्भु नाथ, सदस्यहरुमा मञ्जु ज्ञवाली, शान्ति परियार, गोमतीप्रसाद वर्मा र ललउ महाउत उम्मेदवार रहेका छन् । उम्मेदवारसहित नेता कार्यकर्ताले मुस्लिम समुुदायहरुको महान पर्व ईदुल फित्रको शुभकामना आदानप्रदान मतदातासँग गर्ने गरेका छन् ।
वडाकी ईन्चार्ज तथा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँके सदस्य मिना मल्लले आफ्ना एजेण्डा लिएर घरदैलोमा पुगिरहेको जानकारी दिइन् ।
‘हामी हाम्रा एजेण्डा लिएर उम्मेदवारसहित मतदाताको घरदैलोमा पुगिरहेका छौं’ उनले भनिन्, ‘चुनाव जित्नेगरी हामि लागेका छौ । विकासको लागि माओवादीलाई जिताउनुपर्छ ।’