बाँकेमा ग्याँस बोकेको ट्रक दुर्घटनाः एकको मृत्यु, दुई गम्भीर घाईते



बाँके ।

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ मुगुवा खोला नजिक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ट्रकमा सवार अन्य दुईजना गम्भीर घाइते भएका छन् । दाङमा रहेको राप्ती ग्यास उद्योगबाट ग्याँस लिएर पश्चिम गइरहेको रा १ क ८८६ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको बाँके ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ट्रकमा सवार विजय भन्ने ५१ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ट्रकमा सवार अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । यसबारे थप अनुसन्धान अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १९ गते सोमबार