5 February 2023  |   आइतवार, माघ २२, २०७९

वैवाहिक कार्यक्रममा सहभागी हुन राहुल गान्धी काठमाडौँमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १९, २०७९  

काठमाडौँ ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी एउटा वैवाहिक कार्यक्रममा सहभागी हुनका लागि काठमाडौँ आइपुगेका छन्।

उनी मित्र सुम्नीमा उदासको विवाहमा सहभागी हुन सोमबार साँझ काठमाडौँ आइपुगेको स्रोतले जानकारी दियो। उनी बिहीबार विवाह कार्यक्रममा सहभागी हुनेछन्।

पत्रकार सम्निमा उदास निमा मार्टिन शेर्पासँग वैवाहिक बन्धनमा बाँधिदै छिन्। सुम्निमा सीएनएनकी पूर्व पत्रकार हुन्। उनले केही वर्ष दिल्लीमा बसेर पत्रकारिता गरेकी थिइन्।

उनी म्यानमारका लागि पूर्व नेपाली राजदूत भीम उदास र रञ्जना उदासकी छोरी हुन्। गान्धीले नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ।

प्रकाशित मितिः सोमवार, बैशाख १९, २०७९     8:40:35 PM  |