कोहलपुरका किसानलाई अनुदानमा उन्नत धानको बीउ
प्रकाशित मितिः बुधबार, जेष्ठ २, २०८१
|
कोहलपुर ।
कोहलपुर नगरपालिका कृषि विकास शाखाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको छ ।
मंगलबार कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालको प्रमुख आतिथ्यमा किसानलाई उन्नत धानको बीउ वितरण गरिएको हो ।
सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ढकालले कृषि विकास शाखाले किसानलाई कोहलपुरको माटो सुहाउँदो विभिन्न उन्नत जातको बीउ वितरण गरेकाले उत्पादन बढ्ने