नेपालगन्ज मल्टिपल क्याम्पसमा विद्यार्थीको स्वागत तथा बिदाइ



बाँके ।

नेपालगन्ज मल्टिपल क्याम्पस (एनएमसी)मा बिबिएस प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत र चौथो वर्षका विद्यार्थीहरूलाई बिदाइ गरिएको
छ । विद्यार्थीहरूलाई स्वागत र बिदाइसँगै खेल सप्ताह, वार्षिक परीक्षा तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो ।

उनीहरूलाई मेडल, ट्रफी र प्रशंसापत्रले सम्मान गरिएको क्याम्पसका प्रमुख थानेश्वर पाण्डेले जानकारी दिए । क्याम्पसका प्रमुख शिक्षण सल्लाहकार प्रकाश लामिछाने, प्रमुख निर्देशक ईश्वरप्रसाद पोखरेललगायतले विद्यार्थीहरूलाई मेडल, ट्रफी र प्रशंसापत्रले सम्मान गरेका थिए ।
सो अवसरमा बोल्दै क्याम्पसका प्रमुख निर्देशक पोखरेलले विद्यार्थीहरूलाई मेडल, ट्रफी र प्रशंसापत्रले सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

आदर्श माध्यमिक विद्यालयका प्राचार्य विरभान केसीले एनएमसी आदर्श समूहकै एउटा अंग भएको बताएका थिए । उनले क्याम्पसमा अध्ययन गर्ने हरेक विद्यार्थीहरूले समय व्यवस्थापन जस्तो व्यवस्थापनको महत्वपूर्ण पक्षलाई बिर्सन नहुने कुरामा जोड दिए ।

क्याम्पसका प्रमुख थानेश्वर पाण्डेले क्याम्पसले व्यवस्थापनको शिक्षामा पश्चिम नेपालमै नयाँ बेन्चमार्क स्थापना गरेको र यसलाई निरन्तर कायम राख्दै जाने बताए । ‘खाना खेर नफालौं र खानाको सम्मान गरौं’ भन्ने नारा अगाडि सारिएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू राखेका थिए ।

प्रकाशित मिति : २०८१ वैशाख ३१ गते सोमबार