कोहलपुर ।
हाम्रो बालापन नेपाल ललितपुरको सहयोगमा प्याब्सन बाँकेले सरस्वती मा.बीलाई ५० हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेको छ । बिहीबार प्याब्सन बाँकेका अध्यक्ष यम रावतले प्रधानध्यापक बिशाखर जैसीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
निजी क्षेत्रले सामाजिक उत्तर दायित्व वहन गर्दै शैक्षिक सामाग्री प्याब्सन बाकेको सम्वनयमा सहयोग गरेको उनले बताए । आर्थिक मात्र नभई खेल्दै सिक्दै शिक्षकहरुलाई तालिम समेत प्रदान गरीएको उनले जानकारी दिए ।
एकदिने प्रशिक्षण प्रशिक्षक द्वय मथुरा थापा र सबित्री दाहाल बाट १० जना प्री प्राइमरी तहमा अध्यापन गराउने शिक्षकलाई तालिम दिइएको उनको भनाइ छ । सो अवसरमा विद्यालय व्यवस्थापन समिति एवम् कोहलपुर–८ का वडा अध्यक्ष लालबहादुर राना लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : २०८१ वैशाख २७ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्