17 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

मुख्य समाचार

७.२ रेक्टर स्केलको भूकम्प क्षतिको विवरण आउन बाँकी

    प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२       |
सोमबार दिउँसो ताजकिस्तानमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक अध्ययन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन् दु ताजकिस्तानबाट १११ किमी दक्षिणपश्चिमको कारकुलमा रहेको थियो । उक्त भूकम्पको धक्का अफगानिस्तान, पाकिस्तानदेखि भारतको श्रीनगर, जम्मु, पञ्जाब र नयाँ दिल्लीमा समेत महसुस गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण भने आएको छैन ।

गाउँदै देश दौडाहा गायक जीवन शर्मा

    प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२       |
मंसिर २१, २०७२- साधारण पहिरन। फुलेको कपाल। हाँसिरहने बानी। यिनै गुणले ५६ वर्ष पार गर्न लाग्दा समेत जनताको मन मस्तिष्कमा बस्न सफल छन् गायक जीवन शर्मा। यति बेला भारतले गरेको नाकाबन्दीका कारण मुलुक अस्तव्यस्त छ। सर्वसाधारणलाई छाक जुटाउन समस्या छ। संकटको यो समय उनी जनताको पक्षमा गीत गाउन देश दौडाहामा छन्। रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रहेका शर्मा १० जनाको कलाकार टोली लिएर दाङसम्मको यात्रामा नि

नेपालको आन्तरिक मामिलामा दिल्ली फेरि मध्यस्थकर्ता ?

    प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२       |
नेपालको आन्तरिक मामिलामा दिल्ली फेरि मध्यस्थकर्ता ? बाह्रबुँदे समझदारीपछिको 'दोस्रो अध्याय' सुरु 2१ मंसि र, काठमाडौं । संविधान निर्माणका क्रममा प्रमुख दलहरुले देखाएको अभूतपूर्व एकतापछि एकपछि अर्को धक्का खाएको भारत अन्ततः फेरि नेपालको अन्तरिक मामिलामा मध्यस्थकर्ताका भूमिकामा देखा परेको छ । यो वा त्यो नाममा सत्तारुढ र आन्दोलनकारी मधेसी मोर्चाका नेताहरुको दिल्ली दौडाह चलिरहेको छ । भारतले पनि मधेस

मोदीसँग मधेशी नेताको भेट नहुने

    प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२       |
मधेशी मोर्चा सहित तराईका अन्य गठबन्धनको नेताहरु अहिले भारत भ्रमणमा छन् । २०७२ मंसिर २० गते राति उनीहरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग डिनर मिटिङ गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनीहरुको भेट नहुने भएको छ । नेपालका आन्दोलनकारी नेताहरुले भ्रमणमा बोलाएर नरेन्द्र मोदीले मधेश आन्दोलनमा स्पष्ट समर्थन रहेको सन्देश दिएका छन् । भ्रमणपछि मधेशवादी नेताहरुले गरिहेको आन्दोलनले कुन मोड लिन्छ

बृटिश–गोर्खा भूतपूर्व सैनिक अमानवीय व्यवहारविरुद्ध सङ्घर्षमा उत्रिने

    प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२       |
काठमाडौँ । बृटिश–गोर्खा भूतपूर्व सैनिक सङ्घले आफूहरुलाई असमान पेन्सन, अमानवीय व्यवहारजस्ता विषयमा पुनः सङ्घर्षका कार्यक्रम गर्ने भएको छ । बृटिश–गोर्खा भूतपूर्व सैनिकले खाइपाइ आएको मासिक रु दुई अर्बभन्दा बढीको पेन्सन बेलायतमै राख्नका लागि आफ्ना परिवारलाई जबर्जस्ती बेलायतमै बसोबास गर्न बाध्य बनाइएकाले सङ्घर्ष गर्नुपरेको आज यहाँ आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । बेलायती सरकारले त्यहाँ बसोबा

दशगजाबाट आन्दोलनकारी हटाउने जिम्मेवारी भारतको पनि होः डा. लोहनी

    प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२       |
दशगजाबाट आन्दोलनकारी हटाउने जिम्मेवारी भारतको पनि होः डा. लोहनी 'चीनबाट जुत्ता ल्याउन हुने, तेल ल्याउन किन नहुने ? २१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनी पटक-पटक मन्त्री भएका अनुभवी राजनीतिक हुन् । कुटनीतिक, आर्थिक र जलस्रोतको मामलामा उनको गहिरो दख्खल छ । उनै लोहनीसँग अनलाइनखबरले मधेसवादी दलहरुले गरेको आन्दोलन तथा भारत-नेपाल सम्वन्धका विषयमा केन्द्रित रह

भारत विरोधीहरुलाई तह लगाउँदै अख्तियार !

    प्रकाशित मितिः आइतवार, मंसिर २०, २०७२       |
भारत विरोधीहरुलाई तह लगाउँदै अख्तियार !   प्रयास पराजुली । काठमाडौं । गाउँ घरमा उखान नै छ–छोरी कुटेर बुहारी तर्साउने । घरमा सासुले रिस पोख्नु पर्‍यो भने कुटनीतिक ढंगले छोरीलाई कुटेपछि बुहारी तर्सने मुल्य मान्यता कायमै छ । अहिले भारतले पनि सोही उखान चरितार्थ गर्ने गरी भारतको विरोध गर्नेहरुलाई छानबिन अख्तियार दुरुपायोग अनुसन्धान आयोग लगाएर तह लगाउने नयाँ रणनीति बनाएको चर्चा शुरु भएको छ ।

चीनसँगको कोरलापास नाका कति सहज कति असहज (तस्विर सहित)

    प्रकाशित मितिः आइतवार, मंसिर २०, २०७२       |
  भारतले नाकावन्दी लगाए पछि मुस्ताङको कोरलापास नाका अहिले निक्कै चर्चित भएको छ । संसदको विकास समितिले कोरला नाकाको अध्ययन गरी सरकार गम्भीर भएर लाग्ने हो भने काम शुरु गरेको ३ महिनामै नाका सञ्चालनमा आउने निष्कर्ष समितिको प्रतिवेदन सभामुख ओनसरी घर्तीलाई बुझाई सकेको छ । कोरलापास समुन्द्र सतह देखि करिब ४६५० मिटरको उचाईमा तिब्बती मैदानी पठारमा अबस्थित छ । जहाँ तिब्बततर्फको सीमा तारबार सहित

मधेसी मोर्चाका ४ नेतासहित ६ जना भैरहवाबाट पक्राउ

    प्रकाशित मितिः आइतवार, मंसिर २०, २०७२       |
महेन्द्र यादव, अजय वर्मा, ओमप्रकाश यादव (गुल्जारी) र श्रीनिवास यादव (वायाँबाट क्रमश:) २० मंसिर, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका रुपन्देही जिल्ला नेतृत्वलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावना राजेन्द्र महतो पक्षका केन्द

थारु युवाहरुको स्वयंसेवक दस्ता गठन

    प्रकाशित मितिः आइतवार, मंसिर २०, २०७२       |
तुल्सितपुर- थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीको नेतृत्वमा 'थारु युवा स्वयंसेवक' दस्ता गठन भएको छ। दाङको तुल्सिपुरमा आयोजित तीन दिने राष्ट्रिय भेलाले ११ सदस्यीय स्वयंसेवक दस्ता गठन गरेको हो। थरुहट थारुवान संयुक्त संघर्ष समितिले गर्दै आएको थारु आन्दोलनलाई सशक्त र निर्णायक बनाउन युवाहरु परिचालन गर्ने उद्देश्यले दस्ता गठन गरिएको भेलाले जनाएको छ। भेलाले देशभरिका जागरुक युवालाई यही दस्तामा ग

जीवन शर्माले गाउँदा थामिएन मन…

    प्रकाशित मितिः आइतवार, मंसिर २०, २०७२       |
चितवन–रक्तिम साँस्कृतिक अभियानका अगुवा जनवादी गायक जीवन शर्मा अहिले राष्ट्रिय अभियानमा छन् । गीत संगितले जनता जगाउन भन्दै रक्तिम समूह नाकाबन्दीको विरोधमा अभियान लिएर देश दौडाहामा निस्केको हो । 'सिमली छाँयामा बसी, भरिया लामो सास फेरेको उमेर भइसक्यो असी, झन ठुला दुख्खले घेरेको ।' जीवन शर्माको यो गीत धेरै सुनिने प्रगतिशिल फाँटको गीत हो । नाकाबन्दी विरोधी गीत सुनाउँदै हिँडे पनि शर्मालाई यो गीत

मोर्चा नेतालाई भारत सरकारकाे रात्रीभाेज

    प्रकाशित मितिः आइतवार, मंसिर २०, २०७२       |
  जनता दल युनाइटेडका नेता शरद यादसँग नयाँ दिल्लीमा बैठक गर्दै माेर्चा नेता। तस्विर: मदन ठाकुर काठमाडौं— मधेसमा जारी आन्दोलन र सरकारसँगको वार्ता त्यसै छाडेर नयाँ दिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताले नयाँ दिल्लीमा न्यानो स्वागत पाएका छन्। नेपालको राजनीतिक समस्या समाधान खोज्न भारत सरकारले मोर्चा नेतालाई दिल्ली बोलाएको हो। होटल ताजमा रहेका मोर्चाका नेतालाई भारतीय