दशगजाबाट आन्दोलनकारी हटाउने जिम्मेवारी भारतको पनि होः डा. लोहनी
‘चीनबाट जुत्ता ल्याउन हुने, तेल ल्याउन किन नहुने ?
२१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनी पटक-पटक मन्त्री भएका अनुभवी राजनीतिक हुन् । कुटनीतिक, आर्थिक र जलस्रोतको मामलामा उनको गहिरो दख्खल छ । उनै लोहनीसँग अनलाइनखबरले मधेसवादी दलहरुले गरेको आन्दोलन तथा भारत-नेपाल सम्वन्धका विषयमा केन्द्रित रहेर कुराकानी गरेको छः
अहिले भारत र नेपालको सम्वन्ध जून स्थितिमा छ, तपाईंको अनुभवमा के यो इतिहासकै खराब हो ?
हो । भारत र नेपालको यति नराम्रो सम्बन्ध कहिल्यै थिएन । यो दुबै देशका लागि दुर्भाग्यपूर्ण छ । भारत एउटा प्रजातान्त्रिक मान्यतालाई अंगीकार गरेको, नेहरु र गान्धीको आर्दश बोकेको देशका लागि यो असुहाउँदो कुरा हो । सानो देशलाई गम्भीर समस्यामा पारेर विश्वमा नै उसले आफ्नो छवि धुमिल बनाएको छ ।
प्रकाशित मिति : २०७२ मंसिर २१ गते सोमबार
प्रतिक्रिया दिनुहोस्