२० मंसिर, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका रुपन्देही जिल्ला नेतृत्वलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावना राजेन्द्र महतो पक्षका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) र तमसपाका रुपन्देही जिल्ला अध्यक्ष श्रीनिवास यादव पक्राउ परेका हुन् ।
नेपाल-भारत सीमामा पर्ने भैरहवाको बेलहिया नाकामा धर्ना दिन आएकाबेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
जिल्ला नेताहरुको साथबाट कार्यकर्ताहरु गणेश पाल र राजकुमार सिंह पनि पक्राउ परेका डिएसपी कार्कीले बताए ।
प्रकाशित मिति : २०७२ मंसिर २० गते आइतबार
प्रतिक्रिया दिनुहोस्