नेपालको आन्तरिक मामिलामा दिल्ली फेरि मध्यस्थकर्ता ?



नेपालको आन्तरिक मामिलामा दिल्ली फेरि मध्यस्थकर्ता ?

बाह्रबुँदे समझदारीपछिको ‘दोस्रो अध्याय’ सुरु

2१ मंसि
र, काठमाडौं । संविधान निर्माणका क्रममा प्रमुख दलहरुले देखाएको अभूतपूर्व एकतापछि एकपछि अर्को धक्का खाएको भारत अन्ततः फेरि नेपालको अन्तरिक मामिलामा मध्यस्थSushma-with-Morcha-650कर्ताका भूमिकामा देखा परेको छ ।

यो वा त्यो नाममा सत्तारुढ र आन्दोलनकारी मधेसी मोर्चाका नेताहरुको दिल्ली दौडाह चलिरहेको छ । भारतले पनि मधेस आन्दोलनको सहज अवतरणका लागि मध्यस्थकर्ता बन्ने इच्छा देखाएको छ ।

संविधान
निर्माणका क्रममा प्रमुख दलहरुबीच भएको १६ बुँदे समझदारीबाट भारतले धक्का खान सुरु गरेको थियो । नेपालमा नयाँ संविधान घोषणा, प्रधानमन्त्री र राष्ट्रपति निर्वाचन हुँदै इन्धन आयातबारे नेपाल र चीनबीचको समझदारी भारतका लागि ठूलो धक्का थियो । जसको बदलामा उसले तराई मधेसमा भइरहेको आन्दोलनलाई देखाएर अघोषित नाकाबन्दी लगायो ।

तर, अहिले औपचारिक वा अनौपचारिक रुपमा भारत फेरि मध्यस्थकर्ताको भूमिकामा देखिएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र मधेसी मोर्चाको दिल्ली भ्रमणले दिल्लीलाई त्यो स्पेस दिएको छ ।

र, उसको प्र
स्तुति पनि त्यस्तै देखिन थालेको छ । सुरुका दिनहरुमा मधेस आन्दोलनलाई कुनै न कुनै रुपमा पक्षपोषण गरेको भारत अहिले मध्यस्थकर्ता जस्तो बन्न खोजेको छ । कूटनीतिज्ञ डा. जयराज आचार्य भारत अहिले फेरि मध्यस्थकर्ताका रुपमा आएको स्वीकार गर्छन् । उनले भने, यो १२ बुँदेबाट नै सुरु भएको थियो । अहिले पनि त्यही भएको छ ।’

निजी भ्रमण भन्दै भारत गएका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग मधेस आन्दोलनलाई सम्बोधन गर्न चारबुँदे रोडम्याप पेश गरे । जुन, काठमाडौंस्थित भारतीय राजदूतमार्फत लिखित रुपमा नै स्वराजसम्म पुगिसकेको छ ।

भारतीय विदेशमन्त्री स्वराजले त्यही प्रस्ताव मधेसी मोर्चाका शीर्षनेताहरुसमक्ष राखेकी छन् । आइतबार साँझ हैदरावाद हाउसमा भएको डिनर मिटिङमा स्वराजले मधेसी मोर्चाका नेताहरुलाई थापाले अघि सारेको रोडम्याप सुनाएकी छन् । मोर्चाका एक नेताले अनलाइनखबरसँग भने-कमल थापाजीले अघि सार्नु भएको रोडम्याप हामीलाई जानकारी गराउनुभएको छ ।’

सोमबार बिहान नेपालका लागि भारतका पूर्वराजदूतहरुसँग भेट गरेका मधेसी मोर्चाका शीर्ष नेताहरुले आज साँझसम्ममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न प्रयास गर्नेछन् । तर, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी अमेरिकामा रहेकाले भेट हुन सम्भावना कम छ ।

मोर्चाका एक नेताले भने, हिजो आठबुँदे गर्दा पनि भारतले कुनै न कुनै रुपमा मध्यस्थता गरेको थियो । आज पनि त्यस्तै देखिएको छ । तर, दिल्लीको लाइन क्लियर भइसकेको छैन ।’

जानकारहरुका अनुसार दिल्ली अब कुनै एक पक्षको साथ लागेर अर्का पक्षलाई यसो गर भने पक्षमा देखिएको छैन । उसले विनविन सहमति गराउने र नाकाबन्दीको दोषबाट आफूलाई मुक्त गर्ने प्रयास थालेको छ ।

मोर्चाका थिंक ट्याक टीमका एक सदस्य भन्छन्, दिल्लीले अहिले मधेसी मोर्चालाई कमल थापाजीले प्रस्ताव गर्नु भएजस्तै तीन महिनाभित्र सीमांकन टुंग्याउने प्रस्ताव मान्न मोर्चालाई दबाव दिन सक्दैन । किनभने उसले मधेसको ‘ग्राउण्ड रियालिटी’लाई बुझेको छ ।’

उनका अनुसार यदि सीमांकनमा थोरै भए पनि फेरबदल नगर्ने गरी समझदारी भएमा मधेसी मोर्चाले आफ्ना कार्यकर्तालाई समेत सन्तुष्ट गराउन सक्दैन । यस्तोमा मधेसी मोर्चाका नेताहरुलाई ‘गद्दार’ घोषणा गरेर अर्को कुनै शक्तिले मधेसको राजनीतिक स्पेस लिन सक्छ । र, यो काठमाडौं र दिल्लीको हितमा हुनेछैन ।

नाम उल्लेख नगर्ने सर्तमा उनी भन्छन्, दिल्लीले अहिले विनविन सहमतिका लागि भूमिका खेल्न सक्छ । तर, त्यो विन विन सहमतिको रोडम्याप अझै प्रष्ट रुपमा आइसकेको छैन । यसका लागि केही दिन कुर्नुपर्छ ।’

यसले नेपाल आफ्नो आन्तरिक समस्या आफैं समधान गर्न असफल छ भन्ने सन्देश दिएको कूटनीतिज्ञहरु बताउँछन् । ‘अग्रेजीमा एउटा भनाइ छ कि ‘यू क्यान विन ब्याटल, बट यू क्यान लुज वार’ एक पूर्वराजदूत भन्छन्-’अहिले त्यस्तै भएको छ । भारतले सानो सानो धक्का त खायो तर, युद्ध जितेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर २१ गते सोमबार