मधेशी मोर्चा सहित तराईका अन्य गठबन्धनको नेताहरु अहिले भारत भ्रमणमा छन् । २०७२ मंसिर २० गते राति उनीहरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग डिनर मिटिङ गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनीहरुको भेट नहुने भएको छ ।
नेपालका आन्दोलनकारी नेताहरुले भ्रमणमा बोलाएर नरेन्द्र मोदीले मधेश आन्दोलनमा स्पष्ट समर्थन रहेको सन्देश दिएका छन् ।
भ्रमणपछि मधेशवादी नेताहरुले गरिहेको आन्दोलनले कुन मोड लिन्छ स्पष्ट भएको छैन । जानकार भन्छन्–यो भ्रमणको उद्देश्य मधेश आन्दोलनलाई अगाडि बढाउनमा मात्र सीमित छैन । साँघु साप्ताहिकमा खबर छ
प्रकाशित मिति : २०७२ मंसिर २१ गते सोमबार
प्रतिक्रिया दिनुहोस्