16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

समसामयिक

लागु औषध कारोबारी पक्राउ गर्न गनापुरमा प्रहरीले चलायो गोली, दुईजना पक्राउ

लागु औषध कारोबारी पक्राउ गर्न गनापुरमा प्रहरीले चलायो गोली, दुईजना पक्राउ

    प्रकाशित मितिः बिहिबार, बैशाख २७, २०८१       |
कृष्ण ओली । बाँके । बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा गोली चलेको छ । बिहीबार बिहान १० बजेको समयमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको पुष्टि गरे । लागु औषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको प्रहरी निरीक्षक रुपेश विष्ट र
रारामा आजदेखि कबड्डी प्रतियोगिता

रारामा आजदेखि कबड्डी प्रतियोगिता

    प्रकाशित मितिः बुधबार, बैशाख २६, २०८१       |
सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र रारा ताल नजिकै प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । आज बुधबारदेखि शनिबारसम्म चल्ने उक्त प्रतियोगितामा कर्णालीका १० जिल्लाका १७ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । छायाँनाथ रारा नगरपालिकामा वडा नम्बर ९ ठूलो ताल पर्यटकीय गन्तव्य रारामा सञ्चालन हुने कबड्डी खेल्न १० जिल्लाका महिला र पुरुष गरी १७ वटा टो
कोहलपुरको विकासमा सामूहिक प्रतिबद्धताको जोड

कोहलपुरको विकासमा सामूहिक प्रतिबद्धताको जोड

    प्रकाशित मितिः बुधबार, बैशाख २६, २०८१       |
कोहलपुर । कोहलपुर नगरपालिकाको विकासका लागि यहाँस्थित विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा आमनागरिकहरू ऐक्यबद्ध हुनुपर्नेमा जोड दिइएको छ । कोहलपुर नगरपालिकाको ११औँ स्थापना दिवस मनाउने क्रममा मंगलबार बोल्ने वक्ताहरूले नगर विकासका लागि सामूहिक प्रतिबद्धताको खाँचो औँल्याएका हुन् । समारोहलाई सम्बोधन गर्ने प्रायः सबै वक्ताहरूले नगर विकासका लागि सामूहिक भावना लिएर ऐक्यबद्ध हुनुपर्नेमा जोड दिए
आज ११औँ स्थापना दिवस मनाउँदै कोहलपुर

आज ११औँ स्थापना दिवस मनाउँदै कोहलपुर

    प्रकाशित मितिः मङ्लबार, बैशाख २५, २०८१       |
कोहलपुर । कोहलपुर नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस भव्य रूपमा मनाउन लागेको छ । आम कोहलपुरबासीको सहभागितामा आज न्युरोडको खुला मञ्चमा एक भव्य समारोहको आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो । सबै नगरबासीले अपनत्व ग्रहण गर्नेगरी नगर स्थापना दिवस खुला ठाउँमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । ‘यो सम्पूर्ण नगरबासीका लागि खुसीको अ
क्रिकेट मैदान जग्गा अतिक्रमण प्रकरण: नगरपालिकाद्वारा आज सर्वपक्षीय बैठक आह्वान

क्रिकेट मैदान जग्गा अतिक्रमण प्रकरण: नगरपालिकाद्वारा आज सर्वपक्षीय बैठक आह्वान

    प्रकाशित मितिः आइतवार, बैशाख २३, २०८१       |
बाँके । कोहलपुर क्षेत्रका अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा फिर्ताको सम्बन्धमा आज सर्वदलीय/सर्वपक्षीय बैठक आह्वान गरिएको छ । आज दिउँसो १ बजे कोहलपुर नगरपालिकाको सभाहलमा सर्वदलीय÷सर्वपक्षीय बैठक आह्वान गरिएको हो । बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, स्थानीय ज
पानस गु्रप नेपालगन्जले दियो बैंक र व्यवसायीलाई इभी गाडीबारे जानकारी

पानस गु्रप नेपालगन्जले दियो बैंक र व्यवसायीलाई इभी गाडीबारे जानकारी

    प्रकाशित मितिः शनिबार, बैशाख २२, २०८१       |
कोहलपुर । पानस गु्रप नेपालगन्ज बाँकेले बैंक तथा व्यवसायीहरूसँग भेटघाट गरेको छ । शुक्रबार इभी गाडीहरूको विषयमा छलफल गर्नुका साथै भेटघाट गरेको हो । सो अवसरमा बोल्दै सिद्धार्थ बैंक कोहलपुर शाखाका बैंक मेनेजर निर्मल बमले विगतका दिनहरूमा पनि पानस गु्रपसँग धेरै काम गरेको अनुभव सुनाए । कोभिडको समयमा व्यवसायीहरूलाई केही असर परे पनि विस्तारै लयमा फर्किंदै आएको उनले बताए । आजको दिनसम्म सफलतापूर्वक बैं
कांग्रेस वरिष्ठ नेता कोइराला आज कोहलपुर आउँदै

कांग्रेस वरिष्ठ नेता कोइराला आज कोहलपुर आउँदै

    प्रकाशित मितिः शनिबार, बैशाख २२, २०८१       |
बाँके । नेपाली कांग्रेस संघीय निर्वाचन क्षेत्र नम्बर १ बाँके र प्रदेश सभा ‘क’ र ‘ख’ को दोस्रो संयुक्त सम्मेलन आज बाँकेको कोहलपुरमा हुँदै छ । संयुक्त सम्मेलनको नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले उद्घाटन गर्ने क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए । ‘क्षेत्र र प्रदेश दुवैको कोहलपुरमा संयुक्त रूपमा सम्मेलन हुँदै छ । त्यसको सबै तयारी पूरा भइसकेको छ,’ उनले मिसन टुडेसँग भने, ‘शुक्
खजुरा प्रहरीको नयाँ कार्यालय भवन उद्घाटन

खजुरा प्रहरीको नयाँ कार्यालय भवन उद्घाटन

    प्रकाशित मितिः शनिबार, बैशाख २२, २०८१       |
खजुरा । इलाका प्रहरी कार्यालय धनौली खजुराको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले भवनको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उनले समाजमा फैलिएको नकारात्मक भावनालाई सकारात्मकतामा रूपान्तरण गर्ने जिम्मेवारी प्रहरीमा आएको बताएका थिए । पछिल्लो समय समाजमा नकारात्मकता र निराशा फैलिएको उल्लेख गर्द
नेपालगन्जमा सुरु भयो बिवाइडी एक्सचेन्ज क्याम्प

नेपालगन्जमा सुरु भयो बिवाइडी एक्सचेन्ज क्याम्प

    प्रकाशित मितिः शनिबार, बैशाख २२, २०८१       |
बाँके । बिल्ड योर ड्रिम्स (बिवाइडी) गाडीको नेपालगन्जका लागि आधिकारिक बिक्रेता टिम इलेभेन इभी वल्र्ड प्रालिमा एक्सचेन्ज क्याम्प सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको एक्सचेन्ज क्याम्प आइतबारसम्म चल्ने टिम इलेभेन ईभी वल्र्डका प्रबन्ध निर्देशक बसन्त भण्डारीले जानकारी दिए । उनका अनुसार ग्राहकहरूको माग र आवश्यकतालाई ध्यान राखेर पहिलोपटक एक्सचेन्ज क्याम्प नेपालगन्ज क्षेत्रमा सञ्चालन गरिएको बताए ।
सुरक्षाकर्मीको घेरामा मेडिकल कलेज कोहलपुर

सुरक्षाकर्मीको घेरामा मेडिकल कलेज कोहलपुर

    प्रकाशित मितिः शनिबार, बैशाख २२, २०८१       |
उपचाररत घाइतेका आफन्त र अस्पताल प्रशासनबीच तनाव भएपछि शुक्रबार दिनभर ठूलो सङ्ख्यामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तनावका कारण बिरामीहरूले सास्ती भोगेका थिए । बाँके । सवारी दुर्घटनापश्चात विवादका कारण बिहीबार दिनभर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर तनावग्रस्त भएको छ । पीडितका आफन्त र अस्पतालबीच तनाव बढ्दै गएपछि अस्पताल परिसरमा स
कोहलपुरको ११औं स्थापना दिवस : आजदेखि विभिन्न कार्यक्रम थालिँदै

कोहलपुरको ११औं स्थापना दिवस : आजदेखि विभिन्न कार्यक्रम थालिँदै

    प्रकाशित मितिः शनिबार, बैशाख २२, २०८१       |
कोहलपुर । कोहलपुर नगरपालिकाको ११औं स्थापना दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रमहरू आजदेखि थालिने भएका छन् । पहिलो दिन आज नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच फुटबल तथा खुला कविता वाचन प्रतियोगिता हुँदै छ । फुटबल बिहान ७ बजेदेखि कोहलपुरस्थित तेह्र बिघा मैदानमा हुने ११औं स्थापना दिवस कार्यक्रम कार्यान्वयन समितिका संयोजक वीरेन्द्रकुमार शाहले जानकारी दिए । उनका अनुसार खुला कविता वाचन प्रतियोगिता
कोहलपुरको ११औं स्थापना दिवसः भव्यताका साथ मनाउने तयारी

कोहलपुरको ११औं स्थापना दिवसः भव्यताका साथ मनाउने तयारी

    प्रकाशित मितिः शुक्रबार, बैशाख २१, २०८१       |
कोहलपुर । कोहलपुर नगरपालिकाले आफ्नो ११औं स्थापना दिवस भव्यताका साथ मनाउने तयारी थालेको छ । कोहलपुरलाई नगरपालिका घोषणा भएको दिन पारेर वैशाख २५ गते ११औं स्थापना दिवस मनाइँदै छ । स्थापना दिवसलाई भव्य बनाउनका लागि तयारी थालिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । ‘विभिन्न समिति र उपसमिति बनाएर स्थापना दिवसको अवसरमा गरिने कार्यक्रमको तयारी सुरु भइसकेको छ,’ उनले मिसन टुडे