ललितपुरबाट पेस्तोलसहित युवक पक्राउ



काठमाडौँ ।

प्रहरीले ललितपुरको धापाखेलबाट पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–१ घर भएर ललितपुर महानगरपालिका वडा नम्बर–२३ घापाखेल बस्दै आएका शिवकुमार विक छन् ।

२३ वर्षीय विकको साथबाट म्याग्जिन सहितको चाइनिज पेस्तोल १ थान र ४ लाख ७८ हजार नगद भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले  बताए । कात्तिक ६ मा पक्राउ परेका आरोपीको साथबाट बरामद पेस्तोल भदौ २४ मा भएको जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आकलन गरिएको छ । त्यसबारे ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ८ गते शनिबार