10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

समसामयिक

धमाधम घोषणा हुँदै दसैँ–तिहारलक्षित ग्राहक योजना

धमाधम घोषणा हुँदै दसैँ–तिहारलक्षित ग्राहक योजना

    प्रकाशित मितिः मङ्लबार, भदौ २५, २०८१       |
नेपालको चर्चित ब्रान्ड गोदरेजले आफ्नो दशैं र तिहार लक्षित अभियान, ‘मनैदेखि वाउ’ जारी गरेको छ । ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यास ब्याक र पक्का उपहारको साथ खुसी बाँड्ने उद्देश्यसहित यो योजना ल्याइएको कम्पनीले जनाएको छ । ‘मनैदेखि वाउ’ अभियानअन्तर्गत ग्राहकले ३१ हजार ५ सयसम्मको आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सक्नेछन् । कोहलपुर । विभिन्न कम्पनीहरूले दसैँ–त
२४ घन्टामै छुटे कांग्रेस सांसद केसी, छुटेपछि हेलिकोप्टर चार्टर गरेर काठमाडौँतिर

२४ घन्टामै छुटे कांग्रेस सांसद केसी, छुटेपछि हेलिकोप्टर चार्टर गरेर काठमाडौँतिर

    प्रकाशित मितिः मङ्लबार, भदौ २५, २०८१       |
बाँके । किर्ते मुद्दामा दोषी ठहर भई एक वर्ष कैद सजाय तोकिएका लुम्बिनी प्रदेशका कांग्रेसका सांसद धनबहादुर केसी (डीबी) कैद सजाय रकममा परिणत गरी २४ घन्टामै छुटेका छन् । सोमबार रुकुम पूर्वी जिल्ला अदालतका न्यायाधीश लोकबहादुर हमालको इजलासले सांसद केसीलाई १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर सजाय भुक्तान गर्न मिल्ने सुविधासहितको आदेश दिएको थियो । अदालतले तोकेको रकम बुझाएपछि सांसद केसी सोमबार एक दिनमै
खोलाले बगाउँदा दुईको मृत्यु

खोलाले बगाउँदा दुईको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, भदौ २५, २०८१       |
बाँके । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । वडा नम्बर ६ र ७ को सीमामा पर्ने रम्मा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलले जानकारी दिए । उनका अनुसार आइतबार राति खोलामा आएको बाढीले मोटरसाइकलमा सवार मुसिकोट नगरपालिका–४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ की ३२ वर्षीया निर्मला
सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस : उपचार पाए रोकिन्छ आत्महत्या

सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस : उपचार पाए रोकिन्छ आत्महत्या

    प्रकाशित मितिः मङ्लबार, भदौ २५, २०८१       |
मनोपरामर्शकर्ता भोजराज शर्मा भन्छन्, ‘आत्महत्या गर्ने स्थितमा पुगिसकेका मान्छेहरूलाई जोगाउने हो भने उसलाई थाहा दिनुपर्छ कि तिमी र तिमीमा घटिरहेको अवस्था के हो ? अनि तिमी गुज्रिरहेको अवस्था र तिमी अलग होऊ भनेर बुझाउन सकियो भने सबै मानिसहरू डिप्रेसनबाट मुक्त हुन सक्छन् ।’ वीरेन्द्र जैसी ।  नेपालगन्ज ।  ‘मनोचिकित्सकका अनुसार म क्लिनिकल डिप्रेसनमा थिएँ । जब डाक्टरले मलाई भने कि तिमीलाई यो समस्या
फलेकसीकाटोका रोगका कारण केरा किसान हैरान

फलेकसीकाटोका रोगका कारण केरा किसान हैरान

    प्रकाशित मितिः सोमवार, भदौ २४, २०८१       |
नवलपरासी । बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन संघका अध्यक्ष लख्खु यादवले जानकारी दिए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब १ हजार ६ सय बिघा जग्गा
पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे गाडी

पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे गाडी

    प्रकाशित मितिः सोमवार, भदौ २४, २०८१       |
बाँके । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि केसीले प्रयोग गर्दै आएको लु१झ ७४५ नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन् । यसअघि पनि प्रदेश सरकारका गाडी फिर्ता गर्न ताकेता गरिएको भए पनि केसीले बेवास्ता गर्दै आएका थिए । मुख्यमन्त्री चेतनारायण आचार
लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान

लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान

    प्रकाशित मितिः सोमवार, भदौ २४, २०८१       |
दाङ । सत्तारुढ नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी (डीबी) कारागार चलान भएका छन् । उनी आइतबार अदालत उपस्थित भएको र अदालतले तोकेको सजाय भुक्तान गर्न कारागार पठाएको रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव खरेलले जानकारी दिए । सांसद केसीले रुकुम जिल्ला अदालत पुगेर आइतबार दिउँसो आत्मसमर्पण गरेका थिए । रुकुमपूर्व क्षेत्र नम्बर १ (२) बाट निर्वाचित कांग्रेस स
दसैँअघि सडकका खाल्डा पुर्न मन्त्री दाहालको निर्देशन

दसैँअघि सडकका खाल्डा पुर्न मन्त्री दाहालको निर्देशन

    प्रकाशित मितिः सोमवार, भदौ २४, २०८१       |
काठमाडौँ । दसैँ, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो देखाएको छ । चाडपर्वको समयमा काठमाडौँबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले नियन्त्रणका लागि मन्त्रालयले चासो देखाएको हो । आइतबार मन्त्रालयमा सरोकारवालाहरूबीच छलफल कार्यक्रम आयोजना गरिएको थियो । सो छलफलम
संसद छिर्दैनन् सांसद

संसद छिर्दैनन् सांसद

    प्रकाशित मितिः सोमवार, भदौ २४, २०८१       |
सुर्खेत । गत आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेश सभाका ४९ वटा बैठक बसेकोमा ती सबै बैठकमा एक जना मात्रै सांसद उपस्थित भएका छन् । ४९ वटै अर्थात् सबै बैठकमा उपस्थित हुनेमा अहिलेका मुख्यमन्त्री यामलाल कँडेल मात्रै रहेका छन् । तथ्यांकमा २०८० साउन महिनादेखि २०८१ असार अन्तिमसम्म ४९ वटा बैठक बस्दा सांसदको उपस्थिति भने निराशाजनक देखिएको छ । कर्णाली प्रदेश सभाले उपलब्ध गराएको विवरण अनुसार सांसदहरू स
हरियो मकै बेचेर मनग्य आम्दानी

हरियो मकै बेचेर मनग्य आम्दानी

    प्रकाशित मितिः आइतवार, भदौ २३, २०८१       |
मकैको माग अत्यधिक रहेको छ, यसलाई फिड बनाएर बेच्न सक्दा अझ राम्रो आम्दानी हुने डाँगीको भनाइ छ । परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि तराई क्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रूपमा हाइब्रिड जातको मकैखेती गर्न थालेका छन् । गत आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको दुई लाख ८४ हजार तीन सय ४० हेक्टरमा मकैखेती गरिएको थियो भने आव २०८०/८१ मा दुई लाख ७५ हजार नौ सय ५१ हेक्टरम
कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    प्रकाशित मितिः आइतवार, भदौ २३, २०८१       |
कोहलपुर । कोहलपुर नेपालगन्ज सडक खण्डको कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिबार बिहान करिब साढे तीन बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका–१० निवासी भूपेन्द्र सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । तत्कालै उद्धार गरेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याइ
आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

    प्रकाशित मितिः आइतवार, भदौ २३, २०८१       |
बाँके । लुम्बिनी प्रदेश सरकारले बडका अतवारी पर्वका अवसरमा आज आइतबार तराईका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेशका थारू समुदायको बसोबास रहेका बाँके, बर्दिया, दाङ, रूपन्देही, कपिलबस्तु र पश्चिम नवलपरासीमा आज सार्वजनिक बिदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले सूचना जारी गर्दै भदौ २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गर