स्याक नेपालद्वारा दुई पालिकालाई २० हजार सहयोग



कोहलपुर ।

बाँकेका दुई वटा स्थानीय सरकारलाई स्याक नेपालले आर्थिक सहयोग गरेको छ । बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई २० हजार चेक हस्तान्तरण गरेको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि दुवै पालिकाले स्थापना गरेका विपत् व्यवस्थापन कोषमा उक्त रकम सहयोग गरिएको समूहले जनाएको छ । स्याक नेपालकी फिल्ड सुपरभाईजर लसिना वलीले दुई वटै स्थानीय तहमा सरसफाई सामग्री किन्नको लागि सहयोग होस भन्ने उद्देश्यले सहयोग गरिएको हो ।

सहयोग रकम बापतको चेक कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकूरीलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । ‘हामीले एक स्थानीय तहलाई १० हजारका दरले सहयोग गरेका छौ । ’उनले भने ‘यो सहयोग कोरोना भाइरसबाट बच्नको लागि आवश्यक पर्ने सरसफाईका सामग्री किन्नको लागि हो ।

दुवै पालिकाका प्रमुखलाई चेक हस्तान्तरण गरिएको छ ।’ विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट बच्नको लागि देशभरका स्थानीय तहले राहत कोषको स्थापना गरेका छन् । दिनानुदिन विभिन्न व्यक्ति तथा संघ सस्थाबाट सहयोग भइरहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ८ गते सोमबार