निर्माेहीलाई कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिने



नेपालगन्ज ।

‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार– २०८२’ वरिष्ठ गायक कमल बिक ‘निर्मोही’ लाई प्रदान गरिने भएको छ ।

नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गायक जोडी कन्हैया सिंह परियार तथा अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको नगद ५१ हजार राशीको पुरस्कार ‘निर्मोही’ लाई प्रदान गर्ने निर्णय गरिएको संगीतकार सन्तोष श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाली लोकगायक निर्माेही अहिले दुवै मृगौलाले काम गर्नसक्ने हालतमा नहुँदा ओछ्यानमा सीमित हुन पुगेका छन् । उनको मृगौला प्रत्यारोपणको पहल भइरहेको छ भने उपरार्थ आर्थिक सहयोगको पहल पनि भइरहेको छ ।

२०४४ सालदेखि संगीत, कला र सन्चारकर्ममा सक्रिय रहँदै आएका नेपालगन्ज निवासी निर्माेही विगत ६ महिनायता गम्भीर अस्वस्थताको अवस्थामा पुगेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ३ गते सोमबार