धनगढी ।
प्रहरी पब्लिक ब्याडमिण्टन क्लबको अध्यक्षमा दोस्रो कार्यकालका लागि चेतराज जोशी निर्विरोध निर्वाचित भएका छन् । प्रदेश प्रहरी कार्यालयको हाताभित्र रहेको ब्याडमिण्टन हलमा सम्पन्न दोस्रो अधिवेशनबाट जोशीको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित भएको हो ।
क्लबको उपाध्यक्षमा मेम्वर सिंह, सिचवमा शैलेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्रबहादुर बम निर्वाचित भएका हुन् ।
क्लबको सदस्यमा रामबहादुर बोहरा, रोशन सिंह, प्रेम बिष्ट, गणेश शाह, नरेन्द्रबहादुर चन्द, दानबहादुर बडैला, टेकबहादुर साउँद निर्वाचित भएका छन् । चेतराज जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बरबहादुर बिक रहेका थिए । कार्यक्रमको सञ्चालन सचिव शैलेन्द्र श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मेम्बर सिंहले गरेका थिए ।
प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार









प्रतिक्रिया दिनुहोस्