जिल्ला प्रहरी दार्चुला सुदूरपश्चिममा ‘सर्वोत्कृष्ट’



दार्चुला ।

जिल्ला प्रहरी कार्यालय दार्चुला सर्वोत्कृष्ट बनेको छ । गत आर्थिक वर्ष २०८१–८२ का लागि गरिएको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालयको रूपमा दार्चुला सर्वोत्कृष्ट घोषित भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित समीक्षा कार्यक्रममा दार्चुलाले सबै जिल्लामाथि अग्रता जमाउँदै उत्कृष्टताको उपाधि हात पा¥यो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) डम्बरबहादुर विकको प्रमुख आतिथ्यमा भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा मातहतका सबै प्रहरी इकाइका प्रमुखहरूले कार्य सम्पादन विवरण प्रस्तुत गरेका थिए ।

कार्यसम्पादन सम्झौताअनुसार प्राप्त तथ्यांकहरूको विश्लेषण गर्दा दार्चुला प्रहरीले सबैभन्दा बढी अंक प्राप्त गरेको थियो । कार्यक्रममा डीआइजी विकले दार्चुला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहाललाई प्रशंसापत्र प्रदान गर्दै बधाई ज्ञापन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार