कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलले नवआगन्तुक १८औँ ब्याचका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण गरेको छ । बुधबार स्कुलले शैक्षिक सत्र २०८२ का लागि कक्षा–११ मा भर्ना भएका विद्र्यीहरुहरुलाई स्वागत तथा अभिमुखीकरण गरेको हो ।
कक्षा ११÷१२ तर्फ विज्ञान तथा व्यवस्थापन संकाय पठनपाठन सुरु भएको १८औँ ब्याचका नवआगन्तुक विद्यार्थीहरुलाई खादा ओढाएर स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरिएको स्कुलका सञ्चालक केशरबहादुर आललेले जानकारी दिए । ‘प्लस टु’ अध्ययन गर्न आउने विद्यार्थीहरुलाई उनले अविर र खादा लगाएर स्कुलमा स्वागत गरेका थिए ।
१८औँ ब्याचका रुपमा अध्ययन गर्न आएका विज्ञान संकायतर्फ ८४ जना र व्यवस्थापनतर्फ ४२ जना विद्यार्थीहरुलाई उनले स्वागत गरेका हुन् । स्कुलका सञ्चालक आले विद्यार्थीहरुको शिक्षण सिकाइमा विद्यालयले कुनै कसर बाँकी नराख्ने बताए । शिक्षक र स्कुलले मात्र नभई आफनो भविष्य कस्तो बनाउने भन्ने कुरा विद्यार्थी स्वयम्को हातमा रहने उनको भनाइ छ ।
सो अवसरा शिक्षा विकास समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईँले विद्या र्थीहरुको आनीबानीको ख्याल गर्नुपर्ने बताए । राम्रो कुराहरुलाई प्रोत्साहन र खराब कार्यलाई निरुत्साहित गर्ने जिम्मेवारी पनि शिक्षकहरुको नै भएको उनको भनाइ थियो । पठनपाठन मात्र नभई एउटा चरित्रवान सक्षम नेपाली नागरिक तयार गोरखाले पार्नेमा विश्वासत रहेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्