वैभव लक्ष्मीको साधारण सभा सम्पन्न



कोहलपुर, ५ मंसिर/ , वैभव लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था कोहलपरको पाँचांै साधारण सभा सोमबार कोहलपुरमा सम्पन्न भएको छ । सभाको जिल्ला सहकारी सघ बाँकेका अध्यक्ष पे्रम सुवेदीले उद्घाटन गरेका थिए ।
सभामा संस्थाकी अध्यक्ष सुभद्रा शर्माले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सुरुमा ३४ जना शेयर सदस्यहरुबाट सुरु गरिएको सहकारीमा हाल आएर २ सय ४४ जना महिला शेयर सदस्य हुनुमा गर्वको कुरा भएको बताईन । सभामा आ.व २०७३÷०७४ को १ करोड ४८ लाख ७९ हजार ३ सय १२ रुपैया बराबरको आय व्यय प्रस्तुत गरिएको थियो । त्यस्तै संस्थाले वार्षिक रुपमा गरिदै आएको जेष्ठ शेयर सदस्य सम्मान अन्र्तगत यस वर्ष जेष्ठ शेयर सदस्य चन्द्रा केसीलाई सम्मान गरेको थियो । संस्थाले महिला तथा बालबालिकामाथि हुने लैङगिक हिंसा विरुद्धका कार्यक्रमहरु गर्दै आएको छ भने उद्घोषण तालिम, आकास्मिक कोष तथा रक्तदान जस्ता कार्यक्रम पनि गर्दै आएको सभामा जानकारी गराएको थियो
कार्यक्रमा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, कोहलपुर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा जिल्ला बहुउद्देयीयसहकारी संघका अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारी,साना किसान जिल्ला सहकारी संघकी अध्यक्ष एकता शाह, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष गिता वली क्षेत्री, राष्ट्रिय सहकारी बंैक कोहलपुरका प्रमुख सुजन ददेल, सहकारी सञ्जाल कोहलपुरकी अध्यक्ष मिना सिग्देल, मिलीजुली सहकारी संस्थाकी अध्यक्ष गौरा भट्टराई लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम संस्थाकी अध्यक्ष सुभद्रा शर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाकी सचिव कमला कान्ती पौडेलले कार्यक्रमको सञ्चालन गरेकी थिइन ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ५ गते मंगलबार