‘कर्णाली केयर’ स्वास्थ्य सेवामा निजी क्षेत्रको नयाँ युग



वीरेन्द्रनगर–४ मुलपानीचोक नजिक रहेको कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर स्थापना भएको ४ वर्ष पुुग्यो । २०७७ असोज ११ गते स्थापना भएको यो अस्पताल २०७७ चैत ९ गतेबाट सञ्चालनमा आएको थियो । ५० शय्याबाट सेवा सुरुवात गरेको यस अस्पतालले २०८० पुुस ९ गतेदेखि १०० शय्याबाट सेवा दिने अनुमति पाएको थियो । यो अस्पताल निजी क्षेत्रबाट सञ्चालन भएको कर्णालीकै ठूलो अस्पताल पनि हो । कर्णालीमा पहिलोपटक युुवा डाक्टरहरू मिलेर अस्पताल सञ्चालन गरेका हुन् ।

नन्दराम जैशी ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ मुलपानीचोक नजिक रहेको कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर स्थापना भएको ४ वर्ष पुुग्यो । २०७७ असोज ११ गते स्थापना भएको यो अस्पताल २०७७ चैत ९ गतेबाट सञ्चालनमा आएको थियो । ५० शय्याबाट सेवा सुरुवात गरेको यस अस्पतालले २०८० पुुस ९ गतेदेखि १०० शय्याबाट सेवा दिने अनुमति पाएको थियो । यो अस्पताल निजी क्षेत्रबाट सञ्चालन भएको कर्णालीकै ठूलो अस्पताल पनि हो । कर्णालीमा पहिलोपटक युुवा डाक्टरहरू मिलेर अस्पताल सञ्चालन गरेका हुन् ।

अस्पताल स्थापनासँगै गुणस्तरीय उपचार सेवा, दक्ष चिकित्सक र आधुनिक प्राविधिक उपकरणहरूको व्यवस्थापनमा अस्पतालले आफूलाई कर्णालीकै अब्बल साबित गर्दै आएको छ । यो कर्णाली प्रदेशको स्वास्थ्य सेवामा निजी क्षेत्रबाट नयाँ युगको सुरुवात पनि हो । कर्णालीमा अहिलेसम्म सानातिना अस्पताल, नर्सिङ होम मात्रै चलिरहेका थिए । बल्ल निजी क्षेत्रले ठूला अस्पताल वेस सेवा सुरु गरेको छ । यो अत्यन्तै सहरायिन काम हो । अन्य प्रदेशमा ठूलाठूला निजी अस्पताल भएपनि कर्णालीमा भने सबै रोगको विशेषज्ञ सेवा एकैठाउँमा पाउने यो निजी अस्पताल पहिलो हो ।

अस्पताल सञ्चालनपछि कर्णालीवासीलाई बाह्य जिल्लामा उपचारको लागि जानुपर्ने बाध्यता हटेको छ । यसले बिरामीको समय र पैसा दुवै बचत मात्र भएको छैन, समयमै कर्णाली केयर पुगेका बिरामीको ज्यानसमेत जोगिएको छ । अन्य निजी अस्पताल जस्तो यहाँ चिकित्सक र विशेषज्ञहरूको अभाव छैन । ठूला सरकारी अस्पतालभन्दा गुुणस्तरीय सेवा दिन कर्णाली केयर सफल भएको छ ।

सबै रोगको उत्कृष्ट विशेषज्ञ सेवा एकै ठाउँबाट दिने उद्देश्यसहित कर्णाली केयर सञ्चालनमा आएको हो । हाल कर्णाली केयरमा विशेषज्ञ डाक्टर तथा ओपिडी सेवाहरू सञ्चालनमा छन् । जसमा बालरोग विशेषज्ञ सेवा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा, फिजिसियन विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, महिला तथा प्रसूति विशेषज्ञ सेवा, एनेस्थेसिया विशेषज्ञ सेवा र मानसिकरोग विशेषज्ञ सेवा प्रवाह भइरहेका छन् । यस्तै छाला, यौनरोग तथा सौन्दर्य विशेषज्ञ सेवा, नाक, कान, घाँटीरोग विशेषज्ञ सेवा, दाँत, मुख तथा गिँजारोग विशेषज्ञ सेवा, प्याथोलोजी विशेषज्ञ सेवा र रेडियोलोजी विशेषज्ञ सेवा प्रवाह भइरहेको छ ।

हाल कर्णाली केयरमा प्रदेशकै सबैभन्दा ठूलो आधुनिक मेसिनहरूबाट सिटी स्क्यान सेवा प्रवाह भइरहेको अस्पतालका निर्देशक दिपक गौतमले बताए । उनका अनुसार २४सँै घन्टा डाक्टरसहितको १० वार्डको इमरजेन्सी तथा ट्रमा सेवा र भेन्टिलेटरसहितको १० वार्ड आई.सि.यू. तथा एन.आई.सि.यू. सेवा सुुचारु भइरहेको छ ।

अस्पतालमा २४सैँ घन्टा फार्मेसी, ल्याब तथा एक्स–रे सेवा, भिडिओ एक्स–रे सादा तथा रंगीन एक्स–रे सेवा प्रवाह भइरहेको छ । यस्तै फिजियोथेरापी सेवा, आधुनिक मेसिनहरू सहितको स्तरीय ल्याब (प्रयोगशाला) सेवा सुुचारु छन् भने आधुनिक अप्रेशन थिएटरबाट साना तथा ठूला सम्पूर्ण शल्यक्रिया (अप्रेशन) सेवा प्रवाह भइरहेको छ । मुटुको इको, इसिजी सेवा, इन्डोस्कोपी सेवा, सादातथा भि.आइ.पी. क्याबिन सेवाका साथै स्तरीय जनरल वार्ड सेवा प्रवाह छन् । अस्पतालले कर्णालीमै पहिलोपटक छुट्टै मानसिक रोगका बिरामीका लागि मनोरोग वार्डसमेत सञ्चालनमा ल्याएको निर्देशक गौतमले बताए ।

‘असपतालले कमजोर आर्थिक अवस्था भएका कर्णालीका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ,’ उनले भने, ‘कर्णालवासीको सुविधालाई ध्यान दिएर एकै ठाउँबाट सबै रोगको विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।’ एनका अनुसार कर्णालीवासीलाई उपचारका लागि नेपालगन्ज, काडमाडौँ, लखनउ जानुपर्ने बाध्यता अन्त्य भएको छ । कम खर्चमा स्तरीय सेवा दिने प्रयास जारी रहेको उल्लेख गर्दै उपचारमा आउने कुनै पनि बिरामी पैसा अभावमा उपचारबाट वञ्चित हुन नपरेको उनले जानकारी दिए ।

सयौँलाई रोजगारी प्रदान

क्र्णाली केयर सञ्चालनको छोटो समयमै सयौँ जनालाई रोजगारी प्रदान गर्न सफल भएको छ । २४सैँ घन्टा विशेषज्ञ सेवा प्रवाह भइरहेको यो अस्पतालमा हाल चिकित्सकसहित १०० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यसले कर्णालीका स्वास्थ्यकर्मीहरूलाई राम्रो रोजगारीको अवसर दिएको छ ।

अस्पतालले सबै प्रकारका सेवा दिँदा इबिलिङ प्रक्रियाबाट काम गर्ने गरिरहेको छ भने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको तलबी सेवा सुुविधा बैंकिङ सिस्टमबाटै कारोबार गर्ने गरेको छ ।
अन्य निजी अस्पतालहरू भन्दा कर्णाली केयर प्रायः राम्रो तालिमप्राप्त, दक्ष र अनुभवी चिकित्सकहरूलाई आकर्षित गर्न सफल भएको छ । जसले गर्दा उपचारको गुणस्तर सरकारी अस्पतालहरू भन्दा उत्कृष्ट छ । सरकारी अस्पतालहरूमा प्रायः चिकित्सकहरूको सङ्ख्या कम र कामको दबाब बढी हुन्छ, जसले सबै बिरामीलाई पर्याप्त समय र ध्यान दिन गाह्रो भइरहेको पाइन्छ । तर कर्णाली केयरमा त्यस्तो समस्या नभएको बिरामीहरू नै बताउँछन् ।
यो अस्पतालमा लचिलो र प्रभावकारी व्यवस्थापन प्रणाली छ । जसले गर्दा यहाँ चिकित्सक र नर्सहरूले बिरामीलाई थप समय दिने र बुझ्ने गरेका छन् । कर्णाली केयरले प्रचलित चिकित्सा प्रोटोकल र उपचार योजनामा निकै सुधार गरेको पाइन्छ भने आफ्नो उपचारको स्तर र सेवामा विश्वास निर्माण गर्ने प्रयास जारी राखेको छ ।

 

कर्णाली केयर उत्कृष्ट करदाता पनि

यस अस्पतालले स्वास्थ्य सेवामा मात्रै सुधार ल्याएको छैन, यसबाट प्रदेशको सामाजिक र आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पु¥याएको छ । विगत ३ वर्षयता वीरेन्द्रनगर नगरपालिकाको उत्कृष्ट करदातासमेत बन्न सफल भएको हो । वीरेन्द्रनगर नगरपालिकाले यस वर्ष औपचारिक कार्यक्रम नै गरेर कर्णाली केयरलाई सम्मान गरेको थियो ।

यस्तै अस्पतालले सरसफाइमा विशेष ध्यान दिएको छ भने वीरेन्द्रनगरमा हुने हरेक औपचारिक कार्यक्रममा निःशुुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिँदै आएको छ । जाजरकोट, दैलेख र सुर्खेतका विभिन्न गाउँटोलमा पुगेर कर्णाली केयरले निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ ।

डाक्टर उत्पादन गर्ने तयारी

अस्पतालले स्वास्थ्यसम्बन्धी अध्ययन, अनुसन्धानको काम पनि गर्नेभएको छ । अस्पताल निर्देशक दिपक गौतमका अनुसार विशेषज्ञ स्वास्थ्य सेवा प्रवाहसँगै अब डाक्टर पनि उत्पादन गर्ने तयारी छ । यसका लागि निकट भविष्यमै अध्यापन सुुरु गर्न भौतिक संरचना निर्माण प्रक्रिया थालिएको उनले बताए ।

‘ल्याब, एचए, स्टाफनर्स लगायत विषय अध्यापन गराउने तयारी छ । त्यसका लागि आवश्यक जनशक्ति र भौतिक संरचना व्यवस्थापन सुुरु भएको छ,’ उनले भने, ‘केही वर्षपछि कर्णाली केयरले डाक्टरहरू प्नि उत्पादन गर्दैछ । आफ्नै प्रदेशमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ काम गर्दै आएका छौँ ।’

कर्णालीका युवा डाक्टरहरूले सञ्चालन गरेको यस अस्पतालले निकट भविष्यमै मेडिकल कलेज चलाउने तयारी गरेको हो । यो अस्पताल युवा डाक्टरहरू हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा.रुपक कँडेल, बालरोग विशेषज्ञ डा. नवराज केसी, मानसिकरोग विशेषज्ञ डा. सुशिल समदर्शी, निर्देशक दिपक गौतम र डा. किरण बस्नेतले सञ्चालन गरेका छन् । उनीहरू अस्पतालमा सेवा दिँदै पनि आएका छन् ।

८० कटेकालाई ओपिडी टिकट निःशुल्क

कर्णाली केयरले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई डाक्टरको शुल्क (ओपिडी टिकट) निःशुल्क गरेको छ । नयाँवर्ष २०८१ सँगै अर्थोपेडिक विभागअन्तर्गत उपचारमा आउने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ओपिडी सेवाको टिकट निःशुल्क गरिएको हो ।

आगामी दिनमा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको सम्पूर्ण उपचार खर्च निःशुल्क गर्ने अस्पतालको योजना छ । यस्तै बीमा र आमा सुरक्षा कार्यक्रम पनि सञ्चालन गरिएको छ । स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरेर बनाइएको कर्णाली केयर कर्णालीकै अब्बल निजी अस्पताल बन्दै गएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ११ गते बुधबार