एचआरडिसीले ग¥यो सामाजिक लेखा परीक्षण



कोहलपुर ।

विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (एचआरडिसी) संस्थाले सामाजिक लेखा परीक्षण गरेको छ। मंगलबार संस्थाले बाँकेको कोहलपुरमा जिल्लामा रहेका विभिन्न सरोकारवालाको सहभागितामा आफ्नो सामाजिक लेखा परीक्षण गरेको हो ।एचआरडिसी  लुम्बिनी प्रदेश इन्चार्ज लेखनाथ आचार्यले संस्थाले सहरदेखि विकट गाउँ बस्तीमा आर्थिकरूपमा विपन्न र असहाय अपाङ्गता भएका १८ वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचार गर्दै आएको बताए ।

जन्मेदेखि १८ वर्षमुनिका बालबालिकाहरूको विगत लामो समयदेखि उपचार सँगसँगै सामाजिकीकरण गर्दै आएको उनले जानकारी दिए ।संस्थाले वर्षभर गरेका काम, संस्थाको उद्देश्य र उपलब्धिहरूबारे उनले सहभागी सबैलाई जानकारीसमेत गराएका थिए । संस्थाले नेपालका विभिन्न जिल्ला र विटक बस्तीमा पुगेर विकलाङ्ग मित्र समूह अपांगता भएका बालबालिकाको खोजी गरी उपचार गरेर पुनस्र्थापना गर्ने काम गर्दै आएको बताए।

संस्थाको बारे जानकारी दिँदै केन्द्रीय कार्यालय बनेपाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशकुमार यादवले अपांगता भएका धेरै बालबालिकाको सफल उपचार गरेर मुहारमा खुसी ल्याउन सफल भएको बताए । विकट बस्तीमा विकलाङ्ग मित्र समूह अपाङ्गता भएका बालबालिकाहरूको खोजी गेरर उनीहरूको उपचार गर्नुका साथै समाजमा पुनस्र्थापना गर्ने काम गर्दै आएको उनको भनाइ छ।

संस्थाको कोहलपुरमा रहेको लुम्बिनी प्रादेशिक पुनस्र्थापना केन्द्रबाट पनि तीन प्रदेशका नागरिकहरूलाई सेवा प्रदान गर्दै आइरहेको उनले जानकारी दिए । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १८ वर्षमुनिका विकलाङ्ग मित्र समूह अपाङ्गता भएका बालबालिकाहरूको निःशुल्क उपचार गराउँदै आएको उनी बताउँछन्।

‘हामी विकट गाउँ र टोलटोलमा पुगेर आवाजविहीनको आवाज बन्ने कोसिस गरिरहेका छौँ, ‘उनले भने, ‘अपांगता भएका विपन्न, गरिब र असहाय बालबालिकाको उपचार गेरर पुनस्र्थापना गरी उनीहरूको खुसी फिर्ता ल्याउन पनि सफल भएका छौँ ।’ जसअन्तर्गत २० देखि २५ हजार विकलाङ्ग मित्र समूह अपाङ्गता भएका बालबालिकालाई सेवा दिइसकेको पनि उनी बताउँछन्।

संस्थाले अहिलेसम्म एक लाख कृत्रिम हात र खुट्टा निर्माण गरेको उनले बताए । अर्थाेपेडिक्स डा.अशोककुमार बास्कोटा र डा.विवेक बास्कोटाले उपचार गराउँदै आएको उनले जानकारी दिए । कोहलपुर नगरपालिकाले मात्र नभइ अन्य पालिकाले पनि (एचआरडिसी) संस्थालाई सहयोग गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले बताए। सरकारले गर्नुपर्ने काम एउटा गैरसरकारी संस्थाले गरेको भन्दै संस्थाको उनले प्रशांसा गरे ।

यस्तै कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले लुम्बिनी प्रादेशिक पुनस्र्थापना केन्द्र कोहलपुरमा हुनु सुखद पक्ष रहेको बताए । नेपालगन्जबाट विस्थापित भएर जाने अवस्थामा रहेको लुम्बिनी प्रादेशिक पुनस्र्थापना केन्द्रलाई कोहलपुर नगरपालिकाले भवन प्रदान गरेर तीन प्रदेशका नागरिकहरूले सेवा लिन पाएको भन्दै खुसी व्यक्त गरे।

बाँकेमा विकलाङ्ग मित्र समूह अपाङ्गता भएका बालबालिकाहरूलाई विगतमा उपचारको लागि काठमाडौँ लगायतका सहरमा पु¥याउनुपर्ने बाध्यता अहिले अन्त्य भएको उनले बताए । संस्थासँग स्थानीय सरकारले समन्वय गरेर शिविर सञ्चालन गर्नुका साथै गुणस्तरीय सेवा नागरिकहरूले लिन पाउनु खुसीको कुरा रहेको उनले जानकारी दिए । यस्तै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारूले ‐एचआरडिसी)सँग सहकार्य गरेर विभिन्न कार्यक्रमहरू गर्दै आएको बताइन् ।

संस्थाले गर्ने काम र त्यसको प्रभाव समुदायमा राम्रो रहेकाले आगामी दिनहरूमा थप विस्तार गर्नुपर्ने कुरामा जोड दिइन् । समुदायमा अहिले पनि विकलाङ्ग मित्र समूह अपाङ्गता भएका बालबालिकाहरू रहेकाले त्यस्ता बालबालिको समयमै खोजी गरी उपचार गर्न आवश्यक रहेको उनले बताइन् ।

अहिले राप्ती सोनारी गाउँपालिकाले (एचआरडिसी) सँग सहकार्य गरेर अपांगता भएका बालबालिकाको खोजी र उपचार गराउने गरेको जानकारी दिइन् । कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूले (एचआरडिसी) संस्थाको प्रादेशिक कार्यालय कोहलपुरमा रहेको धेरैलाई जानकारी नभएकाले प्रचारप्रसारमा जोड दिन आग्रह गरे । संस्थाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरूमा स्थानीय सरकारसँग सहकार्य गरी अघि बढ्न सुझाव दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २२ गते बुधबार