कोहलपुर, २ मंसिर/ बाँकेको नरैनापुर गाँउपालिकाको सामाजिक सद्भावमा निकै सुधार आएको स्थानियहरुले बताएका छन् । यूएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा मटेहियामा शुक्रबार आयोजित संचारकर्मी र स्थानीयहरु बिचको छलफल कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
बासद्धारा संचालित कार्यक्रमहरुको प्रभावकारिताका बारेमा संचारकर्मीहरुले गरेको प्रश्नमा नरैनापुर गाँउपालिका–५ मटेहियाका अध्यक्ष कृष्ण चन्द्र
मौर्यले बासले सञ्चालन गरेका कार्यक्रमहरु निकै प्रभावकारी भएको बताएका थिए ।
स्थानीय स्तरमा प्रहरी, निर्वाचित जन प्रतिनिधि तथा आम नागरिकहरु लक्षित कार्यक्रम रहेकाले कार्यक्रमको प्रभावकारिता राम्रो भएको आफुले पाएको उनको भनाइ थियो । उता वडा नं. ३ कालाफाँटाका अध्यक्ष राज कुमार मौर्यले निरन्तरको अभिमुखिकरण र भेटघाटले सामाजिक सद्भावमा सुधार आएको बताएका थिए ।
प्रकाशित मिति : २०७४ मंसिर २ गते शनिबार









प्रतिक्रिया दिनुहोस्