कोहलपुर, २ मंसिर/ मातृ तथा बाल स्वास्थ्य सुरक्षा समन्वयका लागि मोवाईल स्वास्थ्य कार्यक्रम सम्वन्धी एक दिने कार्यशाला गोष्ठी शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ ।
कोहलपुर नगरपलिकाको आयोजना र मेडिक मोवाईलको सहयोगमा आयोजित कार्यशाला गोष्ठीमा कोहलपुर नगरपालिका प्रमुख, उप–प्रमुख, कार्यपालिका सदस्य, तथा १५ ओटै वडाका वडाध्यक्षहरु सहित कोहलपुर नगरपालिका आयुर्वेदिक कविराज गौरी शंकर मण्डलको समेत सहभागिता रहेको थियो । उक्त गोष्ठीको कोनपा स्वास्थ्य विभाग प्रमुख धन रेग्मीले गरेका थिए ।
मोवाईल स्वास्थ्य सेवा सुरु भएपछि कुन हेल्थपोष्ट र सवास्थ्य संस्था अन्तर्गतको कुन गाउँवस्तीमा को को गर्भवती छन् र गर्भवतीहरुले स्वास्थ्य जाँच गराइरहेको छन् कि छैनन् ? जोखिममा परेका गर्भवती महिला कति छन् ? ती गर्भवतीको सुत्केरी हुने अनुमानित मिति र त्यसका लागि आवश्यक तयारी जस्ता विवरणहरु तत्कालै हेर्न सकिने, त्यसले स्वास्थ्य संस्थाहरुलाई समेत सेवा दिनका लािग तयारी अवस्थामा राख्ने सहयोग पु¥याउने छबताइएको छ ।
बाँके जिल्लामा रहेको ५ लाख ६ज्ञ हजार ४ सय ३० जनसंख्यामा करिब १४ हजार ५ सय २१ जना महिला गर्भवती हुन्छन् । ती महिलाहरुलाई आधारभूत तहको स्वास्थ्य सेवा दिनका लागि ७ सय ८९ जना महिला स्वयंसेविकाहरु कार्यरत छन् ।
सुरक्षित सुत्केरी सेवाको लागि भेरी अञ्चल अस्पताल, नेपालगंज मेडिकल कलेज र वेष्टर्न हस्पिटल समेत गरी ३४ वटा बर्थिङ सेन्टरहरुको व्यवस्था गरिएको छ । तर बाँकेमा १०० जना गर्भवती महिला मध्ये करिब ५० जनाले मात्र प्रोटोकल अनुसार चौथो पटकसम्म स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउने गरेको पाइन्छ ।
यसबाट अझै पनि दुर्गम तथा ग्रामिण वस्तीहरुका गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा नगई घरमै जोखिमपूर्ण रुपमा सुत्केरी हुने गरेको तथ्याङ्क छ ।








प्रतिक्रिया दिनुहोस्