विगत ४ वर्ष यतादेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कोहलपुरले निरन्तर उचालिरहेको छ । यस वर्ष पनि विगत दोहो¥याउँदै उपाधि उचाल्न सफल भयो । बाँके जिल्लामा रहेका ८ वटा पालिकामध्ये सहभागी ५ वटा पालिका र एक उपमहानगरलाई पछि पार्दै जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ ।
गणेश रावत । कोहलपुर ।
हर सफलताको पछि अथाह परिश्रम र मिहिनेत अवश्य हुन्छ । र, कसैले सहजै सफलता प्राप्त गर्न पनि सक्दैनन् । त्यसैमा पनि ह्याट्रिक सफलता पाउँदाको त्यो क्षण र खुसी । त्यो हामी सहजै अनुमान गर्न सक्दैनौँ । अहिले कोहलपुर नगरपालिका यही क्षणको खुसीमा रमाइरहेको छ ।
विगत ४ वर्ष यतादेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कोहलपुरले निरन्तर उचालिरहेको छ । यस वर्ष पनि विगत दोहो¥याउँदै उपाधि उचाल्न सफल भयो । बाँके जिल्लामा रहेका ८ वटा पालिकामध्ये सहभागी ५ वटा पालिका र एक उपमहानगरलाई पछि पार्दै जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ ।
प्रतियोगितामा कोहलपुरले १८ स्वर्ण, १० रजत र १४ कास्य पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको सचिवालय संयोजक यमनाराणय महतोले जानकारी दिए । उनले कोहलपुर नगरपालिकाले १८ स्वर्ण, १० रजत र १४ कास्य गेरेर जम्मा ४२ पदक जित्दै प्रथम भएको बताए ।
यस्तै राप्ती सोनारी गाउँपालिकाले ८ स्वर्ण, १९ रजत र १४ कास्य गरेर जम्मा ४१ पदक जित्दै दोस्रो स्थान हासिल गरेको हो । तेस्रो स्थान भने बैजनाथ गाउँपालिकाले हासिल गरेको मिसन टुडेलाई उनले जानकारी दिए । बैजनाथले ८ स्वर्ण, ८ रजत र १८ कास्य गरेर जम्मा ३४ पदक हातपार्दै तेस्रो स्थान ओगट्न सफल भएको हो ।
यस्तै नेपालगन्ज उपहानरपालिकाले भने ११ स्वर्ण, ६ रजत र १५ कास्य पदक जित्दै चौथो, खजुरा गाउँपालिका ७ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै पाँचौँ स्थान हुन सफल भयो । २ स्वर्ण, ६ रजत र ६ कास्य पदक हात पार्दै छैटौँ स्थानमा नरैनापुर गाउँपालिका रहेको छ ।
कोहलपुरको निरन्तर उपाधि यात्रा
कोहलपुर नगरपालिका विगत ४ वर्षदखि निरन्तर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्राप्त गर्ने पालिका हो । १३औँ राष्ट्रपति रनिङ शिल्डदेखि अहिले १६औँ सम्म पुग्दा कोहलपुर अनवरत उपाधि उचालिरहेको छ ।
बाँके जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधि पनि कोहलपुर नगरपालिकाले हात पारेको थियो । त्यतिखेर उपाधि हात पार्नको लागि कोहलपुरले २१ स्वर्ण, २२ रजत र २९ कास्य पदक जितेको थियो ।
जिल्ला खेलकुद विकास समितिको अयोजनामा प्रत्येक वर्ष हुने प्रतियोगितामा भने राप्ती सोनारी गाउँपालिका दोस्रो बनेको थियो । राप्ती सोनारीले १२ स्वर्ण, १२ रजत र ८ कास्य पदक जित्दै दोस्रो भएको थियो । यस्तै २०८० मा सम्पन्न १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ३६ स्वर्ण, ९ रजत र ५ कास्य पदक जित्दै रनिङ शिल्डको उपाधि उचालेको थियो । योसँगै लगातार तेस्रो पटक शिल्ड जित्दै कोहलपुरले ह्याट्रिक गर्न पनि सफल भएको थियो । यसअघि कोहलपुरले लगातार दुई पटक पहिलो स्थानसहित उपाधि प्राप्त गरिसकेको हो ।
यस वर्ष पनि १३ स्वर्ण, १७ रजत र २० काँस्य पदक प्राप्त गर्दै राप्तीसोनारी गाउँपालिका दोस्रो भएको थियो । १३औँ देखि हाल १६औँ सम्म पुग्दा अचम्म लाग्दो कुरा त यो छ कि कोहलपुर पहिलो हुँदा राप्ती सोनारी लगातार दोस्रो बनिरहेको छ । लगातर ४ पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हासिल गर्न सफल भएको भन्दै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले खेलाडीलाई बधाई तथा शुभकामना दिएका छन् । उनले लगातर ४ पटकको विजयलाई ऐतिहासिक विजयोत्वसको रूपमा लिएको बताए ।
नगर प्रमुख आचार्यले खेलकुदमा गरेको लगानीको प्रतिफल अवश्य पनि प्राप्त गर्ने मिसन टुडेलाई जानकारी दिए । उनले कोहलपुरलाई खेलकुद ग्रामका रूपमा क्रमशः विकसित गर्ने संकल्पमा प्राप्त गरेको उपलब्धिले थप हौसला प्रदान गरेको बताए । आगामी दिनमा पनि कोहलपुरलाई खेलकुदको हबका रूपमा विकास गर्न सबैको साथ र सहयोग प्राप्त हुनेमा आशावादी रहेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्