शेरबहादुर ऐर । कैलाली ।
संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि कैलालीका १३ वटा स्थानीय तहमा सात अर्ब ११ करोड १८ लाख वित्तीय हस्तान्तरण गरेको छ । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँको बजेट विनियोजन गरेकोमध्ये समानीकरण, समपूरक, ससर्त र विशेषगरी कैलालीका स्थानीय तहमा सो रकम वित्तीय हस्तान्तरण गरेको हो ।
एक उपमहानगरपालिका, छ नगरपालिका र छ गाउँपालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिमा वित्तीय हस्तान्तरण गरिएको छ । धनगढीलाई समपूरक, विशेष, ससर्त र समानीकरण गरी ९९ करोड नौ लाख वित्तीय हस्तान्तरण गरेको छ । जसमा समानीकरणतर्फ २७ करोड ७१ लाख, ससर्ततर्फ ६८ करोड ४६ लाख, विशेषतर्फ एक करोड ७९ लाख र समपूरकतर्फ एक करोड ३३ लाख रहेको छ ।
कैलालीका छ नगरपालिकामा तीन अर्ब १६ करोड ८८ लाख रकम विनियोजन गरेकोमा सबैभन्दा बढी गोदावरी नगरपालिकामा वित्तीय हस्तान्तरण गरेको छ । गोदावरीलाई ६७ करोड ५४ लाख रकम विनियोजन गरिएको छ । जसमा समानीकरणतर्फ १९ करोड ८० लाख, ससर्ततर्फ ४१ करोड ७२ लाख, विशेषतर्फ चार करोड नौ लाख र समपूरकतर्फ एक करोड ९३ लाख रहेको छ ।
गोदावरी नगरपालिकापछि दोस्रोमा घोडाघोडी नगरपालिकालाई ६० करोड ३१ लाख विनियोजन गरिएको छ । जसमा समानीकरणतर्फ १९ करोड तीन लाख, ससर्ततर्फ ३६ करोड २९ लाख, विशेषतर्फ दुई करोड ७४ लाख र समपूरकतर्फ दुई करोड २५ लाख रहेको छ ।
नगरपालिकामा सबैभन्दा न्यून पाउनेमा भजनी नगरपालिका रहेको छ । सो नगरपालिकामा ३९ करोड आठ लाख विनियोजन गरिएको छ । जसमा समानीकरणतर्फ १४ करोड १३ लाख, ससर्ततर्फ २४ करोड २८ लाख, विशेषतर्फ शून्य र समपूरकतर्फ ६७ लाख रहेको छ ।
विशेषतर्फ बजेट विनियोजन नभएको लम्की चुहा नगरपालिकामा ५५ करोड २९ लाख विनियोजन गरिएको छ । जसमा समानीकरणतर्फ १८ करोड ५९ लाख, ससर्ततर्फ ३६ करोड १८ लाख र समपूरकतर्फ ५२ लाख रहेको छ ।
संघीय सरकारले ५० करोडभन्दा कम विनियोजन गरेकोमा नगरपालिकामा अर्को रहेको छ गौरिगंगा नगरपालिका । सो नगरपालिकामा ४२ करोड १४ लाख विनियोजन गरिएको छ । जसमा समानीकरणतर्फ १५ करोड ५४ लाख, ससर्ततर्फ २५ करोड सात लाख, विशेषतर्फ ४० लाख र समपूरकतर्फ ७३ लाख रहेको छ ।
कैलालीको टीकापुर नगरपालिकामा आगामी आर्थिक वर्षका लागि ५२ करोड ५२ लाख विनियोजन गरिएको छ । जसमा समानीकरणतर्फ १८ करोड ३४ लाख, ससर्ततर्फ २९ करोड ९७ लाख, विशेषतर्फ तीन करोड ६९ लाख र समपूरकतर्फ ५२ लाख रहेको छ ।
कैलालीका छ गाउँपालिकालाई दुई अर्ब ९५ करोड २१ लाख विनियोजन गरिएको छ । जसमध्ये तीन गाउँपालिकामा ५० करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ । जसमा सबैभन्दा बढी जोशीपुर गाउँपालिकामा विनियोजन भएको छ । सो गाउँपालिकामा ६४ करोड ४७ लाख विनियोजन गरिएको छ । जसमा समानीकरणतर्फ १६ करोड ६६ लाख, ससर्ततर्फ ५२ करोड पाँच लाख, विशेषतर्फ ६९ लाख र समपूरकतर्फ ५० लाख रहेको छ ।
जानकी गाउँपालिकामा ६४ करोड १३ लाख विनियोजन गरिएको छ । जसमा समानीकरणतर्फ १३ करोड ८५ लाख, ससर्ततर्फ ४६ करोड तीन लाख, विशेषतर्फ ९२ लाख र समपूरकतर्फ तीन करोड ३३ लाख रहेको छ ।
बर्दगोरिया गाउँपालिकालाई आगामी आर्थिक वर्षमा ५२ करोड २७ लाख वित्तीय हस्तान्तरण गरिएको छ । जसमा समानीकरणतर्फ १० करोड ७५ लाख, ससर्ततर्फ ३७ करोड ९६ लाख, विशेषतर्फ दुई करोड ६९ लाख र समपूरकतर्फ ८७ लाख रहेको छ ।
कैलालीको पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका हुन । यीनै गाउँपालिकामा सबैभन्दा न्यून रकम वित्तीय हस्तान्तरण गरिएको छ । चुरे गाउँपालिकामा ३३ करोड ४९ लाख वित्तीय हस्तान्तरण गरिएको छ । जसमा समानीकरणतर्फ १९ करोड ९४ लाख, ससर्ततर्फ ८० लाख, विशेषतर्फ ८० लाख र समपूरकतर्फ ७१ लाख रहेको छ भने मोहन्याल गाउँपालिकामा ३२ करोड ९१ लाख वित्तीय हस्तान्तरण गरिएको छ । जसमा समानीकरणतर्फ १० करोड ६२ लाख, ससर्ततर्फ २१ करोड २९ लाख, विशेषतर्फ शून्य र समपूरकतर्फ एक करोड वित्तीय रकम उल्लेख छ ।
५० करोडभन्दा कम पाउने कैलारी गाउँपालिकालाई ४७ करोड ९४ लाख वित्तीय हस्तान्तरण गरिएको छ । जसमा समानीकरणतर्फ २५ करोड ३३ लाख, ससर्ततर्फ ३० करोड ५७ लाख, विशेषतर्फ ५४ लाख र समपूरकतर्फ दुई करोड ६५ लाख रहेको छ ।
सुदूरपश्चिमलाई १४ अर्ब वित्तीय हस्तान्तरण
अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्र्तगत सुदूरपश्चिम प्रदेशलाई आर्थिक वर्ष २०८२-८३ का लागि १४ अर्ब २० करोड ७२ लाख वित्तीय हस्तान्तरण गरिएको छ । जसमा चालूतर्फ ११ अर्ब १७ करोड ५२ लाख र पुँजीगततर्फ तीन अर्ब तीन करोड २० लाख रहेको छ ।
संघीय सरकारले समानीकरण अनुदानतर्फ प्रदेशलाई आठ अर्ब ९२ करोड ५६ लाख, ससर्ततर्फ चार अर्ब १६ करोड ३० लाख, विशेषतर्फ ५१ करोड ६० लाख र समपूरकतर्फ ६० करोेड २६ लाख रहेको छ ।









प्रतिक्रिया दिनुहोस्