काठमाडौँ ।
सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको नयाँवर्ष २०८२ को अवसरमा ‘ठूलो हर्ष योजना’ सार्वजनिक गरेको छ । नयाँवर्षको अवसरमा सीजीले रोमाञ्चक योजना घोषणा गरेको गरेको हो । ‘नयाँवर्षको ठूलो हर्ष’ योजना अन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
योजनाका विभिन्न योजना रहेका छन् । बम्पर लक्की ड्र मेडिया ४८२ लिटर एसवीएस रेफ्रिजिरेटर प्राप्त गर्नेछन् । मासिकतर्फ लक्की ड्रमा मेडियाको १० केजी वाशिङ मेशिन पाउने जनाइएको छ । क्रोम्प्टनको ८५ वर्षको दीर्घ इतिहासमा नवप्रवर्तन र उच्च गुणस्तरको उपकरणहरूको उत्पादनले ग्राहकहरूलाई सन्तुष्ट राख्दै आएको छ ।
नेपालमा सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीले क्रोम्प्टनको भरोसा अझै मजबूत बनाएको छ । सीजी इलेक्ट्रोनिक्स,सीजी÷क्रोप ग्लोबलको एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन प्रतिबद्ध रहेको छ ।
यो योजना चैत २१ गतेदेखि नेपालभरि लागू गरेको छ । सीमित समयका लागि उपलब्ध यो अवसरको लाभ उठाउन ग्राहकहरूलाई नजिकको डिलर वा अधिकृत विक्रेतासँग सम्पर्क गर्न आग्रह सकिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्