‘कांगे्रसमा नयाँ नेतृत्व जन्मिन्छ’



रूपन्देही ।

नेपाली कांगे्रसका सहमहामन्त्री मिन विश्वकर्माले कांगे्रसमा अब नयाँ नेतृत्वको जन्म हुने बताएका छन् । कांगे्रसको विधानले शेरबहादुर देउवालाई फेरी सभापति हुन नदिने भएकाले नयाँ नेतृत्को उदय हुने बताए ।

रिपोर्टर्स क्लव लुम्बिनीले सोमबमार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै नेता विश्वकर्माले देउवा सफल र असल सभापति भएको बताउँदै पार्टीको नेतृत्वमा कसलाई अगाडी सार्ने अझै भन्न नसकिने बताए ।

उनले यही अवस्थामा अध्यादेश पास नहुने बताउँदै अध्यादेश ल्याउन कांगे्रसको सहमति भएपनि प्रधानमनत्रीले हतारमा ल्याएको बताए । सरकारले अध्यादेश ल्याएको ६० दिनमा संसदबाट पास हुनुपर्ने र पास हुने सम्भावना नभए संसदमा पेश नहुने उनको भनाइ छ । अध्यादेशमा केही विमति रहेको बताए ।

अहिलेको सरकार कुनै रहर इच्छाले नबनेको उल्लेख गर्दै माओवादी अध्यक्षले बनाइदिएको बताए । आमनेसामने रहेका एक अर्कका प्रतिस्पर्धी कांगे्रस एमालेको सरकार बनाइदिने देन प्रचण्डको भएको उनले बताए । ‘प्रचण्डको क्रियाकलापले कांगे्रस एमालेको सहमतिमा सरकार बनेको हो ।’ उनले भने ।

उनले सुशासन र पारदर्शीता कमजोर भएको स्वीकार्दै यो सरकार सुशासन र पारदर्शीताको पक्षमा रहेको बताए । कांगे्रसको महाधिवेशन आगमी २०८३ मंसिरभित्रै हुने उनले दाबी गरे । वैदेशिक सहयोग ट्रम्पको चुरीफुरी मात्रै भएको दाबी गर्दै ट्रम्पले विश्वलाई अस्थिरतातर्फ लान खोजेको उनको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार