बाँके, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । १२आँै राष्ट्रिय पुस्तक दिवस र सरस्वती पूजाको अवसर पारेर शाखाले बैजनाथ गाउँपालिकामा रहेको सुन्दर आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकूद सामग्री वितरण गरेको हो ।
सोमबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा शैक्षिक तथा खेलकद सामग्री वितरण गरिएको थियो । दिवसको अवसर पारेर उक्त विद्यालयमा ३ सयजना विद्यार्थीहरुलाई पुग्नेगरी सामग्री वितरण गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका सचिव मोहन चन्दले जानकारी दिए ।
उनका अनुसार उक्त अवसरमा विद्यार्थीहरुलाई आवश्यक सामान्य ज्ञान, कापी, कलम, पेन्सिल, कटर, भलिबल, फुटबल टेनसेट लगायतका सामानहरु वितरण गरिएको सचिव चन्दले बताए ।
सामाजिक सेवा अन्तर्गत बैजनाथ–५ मा रहेको उक्त विद्यालयमा सामग्री वितरण गरेका हो । वितरण कार्यक्रममा अभिभावक र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयमा आयोजित कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बद्रिप्रसाद अधिकारीले विद्यार्थीहरुलाई सामग्री वितरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका केन्दी्रय उपाध्यक्ष अधिकारीले सामग्री सहयोगले विद्यार्थीहरुलाई पढ्न र अतिरिक्त क्रियाकलापका लागि सघाउ पुग्ने बताए । उनका अनुसार महासंघले देशभर यस्ता कार्यक्रम गर्दै आएको छ ।
महासंघ ‘गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच, साङ्गठनिक आधार’ भन्ने मूल नाराका साथ अघि बढेको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका प्रथम उपाध्यक्ष दिनेश रिमालले शाखाले जिल्लाभर यस्ता प्रकारका कार्यक्रम गरिरहेको बताए । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावक लगायत करिब चार सय जनाको सहभागिता रहेको थियो ।
००००









प्रतिक्रिया दिनुहोस्