हिमपातले सेताम्मे सिमकोट (तस्बिरहरू)



हुम्ला ।

हुम्लामा हिमपात भएको छ। शुक्रबार बिहान हुम्ला सदरमुकाम सिमकोटमा चार इन्चसम्म जम्नेगरी हिमपात भएको स्थानीयले बताएका छन् ।

उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेको थियो। हिमपात भने रातिदेखि भएको थियो ।

हुम्लामा यो वर्ष तेस्रोपटक हिमपात भएको हो। हिमपातका खेतिपातीका लागि अनुकूल भएपछि किसानलाई राहत भएको छ। यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ।

हिमपातका कारण सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ। शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ। हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ।

तस्बिरहरूः

simkot-himpat-(2)-1735361031.jpg

simkot-himpat-(1)-1735361031.jpg

simkot-himpat-(4)-1735361030.jpg

simkot-himpat-(3)-1735361030.jpg

सबै तस्बिर: दाने बोहरा/रासस

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार