19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाँकेमै पुस्तक पुगेन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७३  

कोहलपुर, बैशाख १६
बाँकेमा सामुदायिक विद्यालयका प्राथमिक तहका पाठ्यपुस्तक विद्यार्थीले पाएपनि निमावि र मावि तहका भने पाउन सकेका छैनन् । जिल्लाका कालाफाँटा र कट्कुइँया बाहेक अन्यत्र प्राथमिक तहका सबै कितावहरु पुगिसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । नपुगेका ठाउँमा पनि आइतबारसम्म पुगिसक्ने जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले बताएका छन् । सरकारले बैशाख १५ सम्म सबै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने लक्ष्य लिएपनि अन्यत्र जस्तै बाँकेमा पनि निमावि र मावि तहका सबै पाठ्यपुस्तक आउन सकेका
छैनन् । छपाईमा ढिलाई भइरहेका कारण सबै पुस्तक आउन नसकेको बताइएको छ ।
सरकारले भर्ना हुन आउने विद्यार्थीलाई किताव दिएर पठाउने बताइरहेपनि पुस्तक नै जिल्लामा नआईपुगेका कारण समस्या भएको जिशिअ साउदले बताए ।

प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७३     1:27:42 PM  |