बाँसगढी पिपलबोटको अध्यक्षमा पुन: अधिकारी



बर्दिया, १९ कात्तिक/ बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा नवराज अधिकारी पुन निर्विरोध चयन भएका छन । संस्थाको शनिबार नेरा माबि बाँसगढीमा भएको ९औँ साधारण सभा तथा चौथो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ११ सदस्यी पुरानै कार्यसमितिलाई निर्विरोध चयन गरिएको हो ।
जसको उपाध्यक्षमा बद्री बराल, सचिवमा नारायण प्रसाद पौडेल, कोषाध्यक्षमा धनबहादुर बुढाक्षेत्री रहेका छन । त्यस्तै सदस्यहरुमा तिलनाथ शर्मा, बिनोद अधिकारी, देबिमाया बस्याल, रामचन्द्र अधिकारी, रामफल थारु, श्यामप्रसाद पाण्डे रहेका छन् । कार्यक्रमबाट लेखा समितिको पनि पुरानै बिष्णु प्रसाद ढकालको संयोजकत्वमा बनेको ३ सदसिय समितिलाई निर्बिरोध चयन गरिएको छ । साधारण सभामा संस्थाका व्यवस्थापक पुर्ण प्रसाद वलीले आर्थिक वर्ष २०७३।०७४ मा १३
करोड ३७ लाख ७२ हजार ३ सय ५७ रुपैँया बराबरको कारोबार सहितिको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारी संस्थाका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बोडका सदस्य देव बहादुर के.सी, ईलाका प्रशासन कार्यालयका बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, संस्थाका संस्थापक पुष्पराज बराल, निवर्तमान अध्यक्ष शिव देबकोटा, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष कटक बि.सी. जनप्रिय सहकारी संस्थाका अध्यक्ष नर बहादुर डाँगी लगायत संस्थाका शेर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारी संस्थाबाट कर्जा लिएर व्यवसाय संञ्चालन गरी नियमित रुपमा कर्जा भुक्तानी गर्ने सफल ब्यवसायहरु ऋषि प्रसाद शर्मा, साबिर हुसेन जाँगा, इन्द्रजित बुढाक्षेत्री र कृष्ण कुमार श्रेष्ठलाई सम्मान पनि गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १९ गते आइतबार