कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका– १४ पार्वतिपुरमा एक दम्पतीको शव फेला परेको छ ।
२५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली मंगलबार बिहान आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।
कृष्णको बायाँ नाडी काटिएको र अञ्जलीको घाँटीमा डोरी देखिएको मिसन टुडेलाई बताए । ‘घटनाबारे अहिले नै केही भन्न सक्ने स्थिती छैन’, उनले भने ‘श्रीमानको नाडी काटिएको र श्रीमतीको घाँटीमा डोरी लगाइएको जस्तो देखिएको छ ।’
अहिले दम्पतीको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ । प्रहरीकाअनुसार कृष्णका दाइभाउजू घरकै छतमा सुतेका थिए ।
भाउजूले बिहान कृष्ण र अञ्जलीलाई मृत देखेपछि प्रहरीलाई घटनाबारे जानकारी गराएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
अहिले कोहलपुर क्षेत्रमा घटना अनुसन्धानको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्