वीरेन्द्रनगरमा बन्दकर्ता र सुरक्षाकर्मीबीच भएको झडप अझै साम्य हुन सकेको छैन । एक घण्टायता जारी झडप अझै रोकिन नसकेकेको हो । अहिले पनि वीरेन्द्रनगरको मंगलगढी चोक क्षेत्रमा बन्दकर्ता र सुरक्षाकर्मीबीच ढुंगामुढा भइरहेको छ ।
झडप हुँदा केही बन्दकर्ता र प्रहरी सामान्य घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरवितर पार्ने प्रयास गरिरहेको छ ।
एमसिसी सदनबाट अनुमोदन भएको बिरोधमा विप्लवसहित विभिन्न राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका थिए ।
सुर्खेतमा बन्दको प्रभाव बिहानैदेखि परेको छ। प्रहरीले केही राउण्ड अश्रु ग्यास समेत प्रहार गरिसकेको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७८ फागुन १६ गते सोमबार










प्रतिक्रिया दिनुहोस्