नेपाल निजामती कर्मचारी संगठन बाँकेको अध्यक्षमा देवीलाल चौलागाई चयन भएका छन् । संगठनको दशौँ जिल्ला अधिवेशनबाट चौलागाईको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो ।
संगठनको उपाध्यक्षमा चन्द्रबहादुर बुढा र दुर्गा महत, सचिवमा वसन्तकुमार थापा र सहसचिव मेघराज चौधरी र कोषाध्यक्षमा तेजेन्द्र थापा चयन भएका हुन् ।
निजामती कर्मचारी संगठन बाँकेको सदस्यहरुमा थिरबहादुर थापा, धर्मबहादुर भण्डारी, भारतराज गोराथोकी, शिवा शाह, रञ्जन घर्ती, चन्द्रमणि अधिकारी, प्रतीक मल्ल, डिलबहादुर विक, घुमलाल थारु, शिवराज रिजाल, सदन भण्डारी, ओमप्रकाश शाही, मेघराज बराल, भीमप्रसाद अधिकारी, रामकुमार पाठक छन् ।
यस्तै केन्द्रीय प्रतिनिधिहरुमा अग्नीप्रसाद आचार्य, गणेशप्रसाद रिजाल, मो. नियाल खाँ चयन भएका छन् । यस्तै प्रदेश प्रतिनिधिमा प्रकाश गौतम, वीरबहादुर विक, प्रकाश कठायत र तिलक रिजाललाई चयन गरिएको छ ।
अध्यक्षमा निर्वाचित चौलागाईले सबैलाई समेटेर संगठनलाई गतिशिल बनाउने बताए । उनका अनुसार सिर्जनशिल तथा प्रभावकारी सेवा प्रवाह गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्