बालविवाह गर्नेहरु भन्छन्, ‘यो गलत हो’



खगेन्द्र दाहाल । नेपालगन्ज ।

साफिया खातुन खजुराको एक विद्यालयमा १० कक्षामा पढ्छिन् । खजुरा गाउँपालिका–७ की साफियाले १८ वर्षमै बालविवाह गरिन् । विवाह हुदाँ साफिया ८ कक्षामा पढ्थिन् ।

गाउँ घरमा अझै पनि छोरीलाई पढाउन हुँदैन भन्ने मनसाय बोकेका धेरै रहेको उनले प्रत्यक्ष भोगेकी छिन् । विवाह भए पनि उनी अहिले माइतमै बसेकी छिन् । पढ्दै गर्दा बिहे गर्न घरमा माग्न आएपछि उनका बुवा आमाले केटो राम्रो छ भनेर बिहे गरिदिए ।

बिहे गरेर पनि पढाइलाई निरन्तरता दिन पाउनुपर्ने माग भने उनको परिवारले पूरा गरिदिएको छ । बीचमा कोरोनाका कारण पनि पढाइ रोकिँदा उनलाई अगाडिको पढाइ पूरा गर्न सक्दिन कि भनेर लागेको थियो । बिहेपछि उनले आफ्नो श्रीमानसँग बोलेकी पनि छैनिन् ।

आफ्नो समुदायमा श्रीमान्सँग नसोध्ने परम्परा भएकाले पनि उनी बिहेपछि माइतमै रहँदा श्रीमान्सित बोलेकी छैनिन् । उनले आफ्नो ध्यान पढाइमा केन्द्रित गरेकी छिन् । मुस्लिम समुदायका छोरीहरुले पनि पढेर राम्रो जागिर खान सक्छन भनेर समाजमा देखाउन पनि उनलाई पढाइप्रति लागिरहन प्रेरण मिलिरहेको छ ।

खजुराकै कक्षा १० मा पढ्ने दीपिका विकको पनि बालविवाह हो । त्यो पनि अर्को धर्म मान्ने केटासँग । हिन्दू धर्म मानेकी दीपिकाले घरमा समस्या हुँदा मुस्लिम धर्म मान्ने जीवन साथी रोजिन् । दीपिका अहिले १६ वर्षकी भइन् । कोरोनाका कारण ९ कक्षामा एउटा परीक्षा दिएपछि पढ्न नपाएको बताउँदै अबको पढाइलाई निरन्तरता दिइरहेकी छिन् ।

बालविवाह गरेकी दीपिकाले कम उमेरमा विवाह गर्नु राम्रो नभएको बताउँछिन् । आफू जस्तै अन्य साथीहरुको बिहे बालविवाह नहोस् भन्ने चाहेको दीपिकाले उल्लेख गरिन् ।

मुस्लिम समुदायमा महिलाहरुलाई घर बाहिर ननिकाल्ने चलन भएको भन्दै यो गलत परम्परा रहेको बताइन् । उनले भनिन्, ‘श्रीमान्हरुले बाहिर जाँदा जस्तोसुकै काम गर्ने तर, घरमा हुँदा घरका काममा महिलालाई सहयोग नगर्ने यो राम्रो बानी नभएकोले सुधारको आवश्यकता छ ।’

‘मैले त मेरो सासुलाई महिला पुरुष सबै बराबर हो भनेर सम्झाउने गरेको छुँ, उनले भनिन्, ‘सासुले पनि मैले भनेको कुरालाई सकारात्मकरुपले लिने गरेको तर, समाजले त्यसलाई अझै पचाउन नसकेर कुरा काट्ने गरेका छन् ।’

बालविवाह गरेकै कारण आफू स्वतन्त्ररुपमा पहिला जस्तो हिँड्न नसकेको पीडा उनले सुनाइन् । दीपिका आफूले बालविवाह गरे पनि समाजमा उनले बालविवाह गर्नु हँुदैन यसबाट महिलालाई नै धेरै कष्ट व्यहोर्नुपर्छ भनेर यसको बारेमा जनचेतना जगाउँदै आएकी छिन् । तफसुन ज्ञानोदय नमुना माविमा १२ मा पढ्छििन् ।

समाजमा रहेका विसंगति विकृतिलाई हटाउँदै लैजानेतर्फ आफ्नो ध्यान जाने उनले उल्लेख गरिन् । मुस्लिम समुदायमा अझै पनि अविभावकले बालविवाह गरिदिने भएकाले यसलाई अन्य गर्न अभियान सञ्चालन गर्ने कुरा तफसुनले सुनाइन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १३ गते मंगलबार