9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बर्दियाकाे गेरुवामा हात्तीकाे आक्रमणबाट आमाछाेरिकाे मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट सोमबार आमा छोरीको मृत्यु भएको छ। गेरुवा गाउँपालिका—१ सरखुल खपतपुरकी ३७ वर्षीया चन्द्रा विक र उनकी तीन वर्षीया छोरी दीपिका विकको मृत्यु भएको हो।

घरबाहिर आँगनमा बसिरहेका चन्द्रा र उनकी छोरीलाई बेलुकी ९ बजे हात्तीले आक्रमण गर्दा चन्द्राको घटनास्थलमा मृत्यु भएको थियो।

उनकी छोरी दीपिका गम्भिर भएकी छोरीको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

घटनाको बारेमा प्रहरीले निकुञ्ज प्रशासनलाई राति नै जानकारी गराएको थियो। घटनास्थलमा निकुञ्ज प्रशासन समयमा नपुग्दा स्थानीय आक्रोसित छन्।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     3:04:02 PM  |