आज राष्ट्रपति जुम्ला आउँदैे



सुर्खेत ।

राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आउने भएकी छन् । आइतबार विहान ११ बजे राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टर मार्फत नन्दाबक्स गणमा ओर्लने कार्यक्रम छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार भण्डारी जुम्ला पुगे लगत्तै विभिन्न कार्यक्रमका सरिक हुनेछिन् ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र बहादुर महतका अनुसार बहुप्रतिष्ठित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएस लगाएतका कार्यक्रमहरु उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

उनले सिंगो कर्णालीको इतिहासमा ऐतिहासिक रुपमा सुरुमा अध्ययन, अध्ययपन सुरु भएको एमबिबिएस कार्यक्रमको राष्ट्रपति भण्डारीद्धारा शुभारम्भ गरिने जानकारी दिए ।

रजिष्ट्रार महतले भण्डारीले चन्दननाथ नगरपालिकामा रहेको च्यारेचौरमा बन्न लागेको प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास गर्ने कार्यक्रम रहेको समेत रहेको बताए । अत्याधुनिक सेवा सुविधासहित ७६ करोड लागतमा भवन निर्माण हुने उनको भनाइ रहेको छ ।

उक्त अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि पहल गर्ने समितिका संयोजकदेखि सदस्य तथा जग्गादाताहरुलाई प्रशंसा पत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २६ गते आइतबार