
vf]8k] ahf/df lxdkft
bz/yrGb /fhdfu{cGtu{t vf]8k] ahf/df k/]sf] lxpF . zlgaf/ /flt k/]sf] ef/L lxdkftn] cj?¢ ag]sf] /fhdfu{ cfOtaf/ lbpF;f]af6 ;~rfngdf cfPsf] 5 . tl:a/ Mljgf]b l;+x lji6, a}t8L, /f;;
सुर्खेत ।
हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।
बिहीबार बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको स्थानीयहरुले जनाएका छन् । हिउँदयाम सुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ ।
मौसम परिवर्तनसँगै बिहीबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । चिसो मौसम सुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् ।
दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । चिसोको समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडाको बढी खपत हुने गर्छ ।
सिमकोटस्थित पसलमा बाक्लो कपडाको बिक्रीसमेत बढेको छ । चिसोको समय सुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । चिसो याम सुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
बिहीबार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात भएको छ । कर्णालीका हुम्ला, मुगु र जुम्लाँसँगै सुदूरपश्चिमको बाजुरामा हिमपात भएको हो । हिउ परेपछि अत्यधिक चिसो भएको हुम्लाकी ममता भण्डारीले जनाइन् ।
‘बिहीबार हुम्लामा हिउ परेको छ,’ उनले भनिन्, ‘चिसोले गर्दा एक ठाउँबाट अर्काे ठाउँ आवजावत गर्नै समस्या भएको छ ।’ चिसोले बालबालिका, बृद्धबृद्धा , दीर्घरोगीलाई समस्या भएको हुम्लाका विकास बोहराले जनाए ।
उत्तरी क्षेत्र हिमपात
हुम्ला उत्तरी नाम्खा गाउँपालिकामा दोस्रोपटक हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिका उच्च भेगमा पर्ने भएकाले बिहानैबाट हिमपात सुरु भएको छ । हिमापत भएसँगै यहाँको तापक्रम माइनसमा झरेको छ । अहिले चालाको तापक्रम माइनस पाँच डिग्री पुगेको छ ।









प्रतिक्रिया दिनुहोस्