सुर्खेत ।
रत्न राजमार्गको छिन्चुमा स्थानीयले सडक अवरुद्ध गर्दा यात्रुहरुको विचल्ली भएको छ । बिहीबार मिनी ट्रकले मोटरसाइलकलाई ठक्कर दिँदा छिन्चुका स्थानीयको मृत्यु भएपछि अहिले स्थानीयहरुले सडक अवरुद्ध गरेका हुन् ।
दुर्घटनापछि मिटी ट्रक धनी सम्पर्कमा नआएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिए ।
उनकाअनुसार स्थानीयले सडक अवरुद्ध गरेपछि सुर्खेत बाहिर कोहलपुरतर्फ, कोहलपुर भएर सुर्खेत आउने यात्रुबहाक सवारी र मालवहाक सवारीहरु रोकिएका छन् ।
रत्न राजमार्गको वीरेन्द्रनगर–११ ठूलो ब्यूरेनीमा छिन्चुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००१ क ०१२४ नम्बरको मिनी ट्रकले कर्णाली प्रदेश ०२–००१ प ७६६९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए ।
दुर्घटनामा घाइते भएका भेरीगंगा नगरपालिका–१२ बस्ने २८ वर्षीय रविन रानामगरको उपचारको मृत्यु भएको थियो । स्कुटीमा सवार सोही ठाउँका ३२ वर्षीय रानी राना घाइते छन् ।









प्रतिक्रिया दिनुहोस्